वडाअध्यक्षका छोरा ३ दिनदेखि वेपत्ता, देख्नुहुनेसम्म सेयर गरिदिन अपिल


काठमाडौ । पछिल्ला केही वर्षहरुमा नेपालमा अपहरणका घटनाहरुमा वृद्धि भएको छ । यो बीचमा जनताको संरक्षण र अधिकारका लागि चुनिएका एक जनप्रतिनिधिका छोरा नै हराएका छन् ।

 

वीरगञ्जको पावर हाउस चोक नजिक रहेको नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट एक जना १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएको खबर आएको छ । अमित, पर्साको कालिकामाई गाउँपालिका–२ का वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाको कान्छो छोरा हुन् ।

चौरसिया परिवार वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल बस्दै आएको छ । उनीहरुले अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखेका थिए । सो स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत अमित बिहीबारदेखि बेपत्ता भएको उनका काका पन्नालाल चौरसियाले बताए ।

अमित सम्पर्कबिहीन भएपछि अभिभावक चिन्तित भएका छन् । तीन दिन बितिसक्दा पनि कुनै सुइँको नपाएको बालकका पन्नालालले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता