काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारस्थित भोटे गल्ली र दौलिचौर गल्लीका होटेल पसलहरुबाट अ'वैध घरेलु तयारी मदिरा २ सय ३५ लिटर र कच्चा पदार्थ २ हजार ६० लिटर आइतबार प्रहरीले नष्ट गरेको छ ।


अ'वैध मदिरा नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्य अनुरुप जिल्ला प्रहरी कार्यालय बझाङ तथा मातहतबाट खटिएको प्रहरीले जिल्ला प्रशासन कार्यालय बझाङका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङका प्रतिनिधि, संचारकर्मी तथा स्थानीय बासिन्दाको उपस्थितिमा उक्त मदिरा बरामद गरी नष्ट गरेको हो ।

यो पनि, आफ्नै ससुरा नाता पर्ने ७० वर्षीय पूर्ण बहादुर नेपालीलाई दाउराको चिर्पट प्र'हार गरी घाइते बनाएको अभियोगमा विरुवा गाउँपालिका–१ बर्जा बस्ने ४१ वर्षीय शुक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिरूवाबाट खटिएको प्रहरीले शुकबहादुरलाई पक्राउ गरेको हो । घाइते पूर्ण बहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु