काठमाडौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी केरावारी गाउँपालिका–२ बस्ने ५३ वर्षीय नन्दराज कोईरालालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले सुनसरी ईटहरी उपमहानगरपालिका–२० तरहराबाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

[caption id="" align="aligncenter" width="1200"] File Photo[/caption]

यो पनि, सुन्दरहरैंचा नगरपालिका–५ मा स्थित नमूना सामुदायिक बनभित्र वेवारिसे अवस्थामा रहेको भरूवा ब'न्दुक ३ थान फेला पारी सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले लोड अवस्थामा रहेको उक्त ब'न्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, स्याङजा, उदयपुर, मकवानपुर र कपिलवस्तुका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ८ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्याङजा, गल्याङ नगरपालिका-५ खारपानी बस्ने ईश्वर बहादुर रानाको कच्ची गोठमा आइतबार बिहान आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-१६ बस्ने जगत बहादुर मगरको घरमा आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ मोरङधाप टोल बस्ने सञ्चराम बलको घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-५ डबरा चोकस्थित गणपती प्लाई उद्योगमा प्लाईलाई मेशिनमा तताउने क्रममा प्लाई जाम भएर आइतबार साँझ आगलागी भएको छ ।

आगलागीबाट उद्योगमा रहेको मेशिसन जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण हाल खुल्न सकेको छैन । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु