काठमाडौं । तनहुँ, रौतहट, चितवन र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तनहुँ, भिमाद नगरपालिका-७ बैदार चौतारास्थित सडकमा लु.४ त १४५० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १० वर्षीय युनिक बिकको आइतबार दिउँसो मृत्यु भएको छ ।

[caption id="" align="aligncenter" width="900"] File Photo[/caption]

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय हरी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट, गौर नगरपालिका-३ बिपि चोकस्थित सडकमा बिआर २२ एच ०१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार ४८ वर्षीया निरु देवी सिंहको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, भरतपुर महानगरपालिका-१ आँपटारीस्थित सडकमा सोमबार बिहान हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, मिक्लाजुङ गाउँपालिका-७ मधुमल्लास्थित सडकमा ना.२ ख ५२२७ नम्बरको बसको ठक्कबाट ईलाम चुलाचुली गाउँपालिका-६ बस्ने ८० वर्षीया नन्द कुमारी राईको सोमबार बिहान मृत्यु भएको छ । सोही बसबाट झरी बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु