काठमाडौं । नेपाल विस्तारै आधुनिक हुँदैछ, बढ्दो आधुनिकताले विकृति पनि बढाउदै लगेको छ । अहिले विशेष गरेर नेपालमा खुल्ला रुपमा हुने अश्लील क्रियाकलाप पनि प्रमुख रुपमा देखा पर्न थालेका छन् । वास्तवमा अहिले हरेक सार्वजनिक स्थलहरुमा यो सामान्यजस्तै भएको छ । एकजना ट्याक्सी चालकले नाम नखुलाउने सर्तमा भने, ‘मलाई २ जनाले दरबारमार्गमा हात दिए । मैले ट्याक्सी रोके ।’

अनी उनीहरु जोडी नै ट्याक्सी चढे र चक्रपथ लैजान अनुरोध गरे । उनले आफ्नो ट्याक्सी चक्रपथतिर हुइँक्याए । तर, युवा–युवती पछाडि छिल्लीरहेका थिए । उनीहरु जिस्केको कुरा उनलाई राम्रो त लागेको थिएन तर केही प्रतिकृया दिन चाहेनन् । तर जब चुनदेवीतिर पुगेपछि पछाडिको आवाज बदलियो । पछाडी के भयो भनेर उनले पछाडी हेर्दा रहस्यको पर्दा खुल्यो । त्यहाँ त युवती मुखले व्यस्त, युवा मस्त भएका रहेछन् ।

यतिमा उनलाई झोक चल्यो उनलाई ‘के गरेको’ भनेर कराएपछि दुवै शान्त भए । उनले थर्काउदै भने, ‘यो तिमीहरुको गेष्ट हाउस हो ? तिमीहरुलाई प्रहरी चौकी लैजाऊँ ।’ ट्याक्सी चालकले यति भनेपछि उनीहरुले सरी भनेर भाडा तिरेर निस्के । अहिले राजधानीमा ट्याक्सी सहज यातायातको साधन हो ।

तर केही यात्रुले त्यसैलाई मस्तीको साधन बनाइदिँदा ट्याक्सी चालकहरु हैरान हुँदै आएका छन् । ट्याक्सीमा कोही चुम्माचाटी गर्ने, कोही ट्याक्सीमा शारिरीक सुखभोग राख्न खोज्ने, कोही छिल्लिएको कुरा गर्नेसम्मका हर्कत गर्न पछि पर्दैनन् । यस्तोमा कुनै ट्याक्सी चालक हेरेरै चित्त बुझाउन सक्छन् । कोहीले भने थर्काएर भगाउने गरेका पनि छन् । अर्का एकजना चालकका अनुसार दरबारमार्गमा साँझतिर २ जना केटी र ३ जना केटा ट्याक्सीमा आए ।

एकजना केटा चालकसँगै बसे । ४ जना पछाडि बसे । केटीहरु केटाको काखमा बसेका थिए । पछाडी अर्कै खालको आवाज आएपछि हेर्दा त उनीहरु शारिरीक सुखभोगमा लिन रैछन् । केटाको संख्या धेरै भएकाले उनले केही बोलेनन् । भनेको ठाउँमा लगेर झारिदिएँ । पछाडि बसेका केटाहरु पाइन्ट मिलाउँदै उत्रिए ।

बेलुकातिर केटा–केटी चढे भने चनाखो हुनुपर्छ भन्ने धेरैलाई परेको छ । नत्र त युवायुवतीहरुले ट्याक्सीलाई नै गेष्ट हाउस बनाइदिने डर भएको ट्याक्सी चालकहरुको अनुभव छ । यस्तो गर्नेमा प्राय युवावस्थामा नै हुन्छन् । यसमध्य अधिकांश मदिराले मातिएका हुन्छन् । घरमा अभिभावक र होटलमा पैसा महंगो पर्ने भएकाले उनीहरुले यस्तो कार्य ट्याक्सी, जंगल कतिपय अवस्थामा बसमा पनि हुन्छ । बसमा भने विरलै मात्रै हुन्छ ।

सम्बन्धित खबरहरु