काठमाडौं । के तपाई विदेश जाने सोचमा हुनुहुन्छ ? यदी त्यसो हो भने पहिले यो कुरामा अनिवार्य ख्याल गर्नुहोला । अब वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने भएको छ ।

रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको जानकारी दिइएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंक खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने जनाउँदै सूचना पनि जारी गरिसकेको छ ।

विभागले नेपाल राष्ट्र बैंकबाट कारोबार अनुमति लिएका विकास बैंक र वाणिज्य बैंकको कुनै पनि शाखामा खाता खोल्न सकिने जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु