काठमाडौ । अहिले जनप्रतिनिधिमाथि विप्लव नेकपाको ध्यान खास देखिएको छ । अहिले बाहिर आएको जानकारी अनुसार अर्घाखाँचीमा अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगो लगाइदिएका छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी गरिएको हो । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले घटनाको पुष्टि गर्नुभयो ।

आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेको प्रहरीले जानकारी दिएको छ । वडाध्यक्ष पाण्डे सत्तापक्ष नेकपाका नेता हुन् । प्रारम्भिक जानकारी अनुसार यस घटनामा विप्लव समुहको संलग्ता रहेको अनुमान गरिएको छ । यस घटनाका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु