काठमाडौं । चर्चित नायिका रेखा थापा कुनै समयकी निकै व्यस्त नायिका हुन् । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् । कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे ।

केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् भन्दा पनि उनले यस क्षेत्रमा नयाँलाई पालो दिदैं आफु अर्कै लाइनमा लागेकी छिन् । पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् ।

यस्तै छवि ओझसँग केहीबर्ष अघि उनको डिभोर्स भएको थियो । अहिले रेखालाई विवाह कहिले गर्ने ? बच्चा कहिले जन्माउने ? भन्ने खालका प्रश्नहरु सोधिने गरिन्छ । उमेरले ३५ नाघिसकेकी रेखाले आफ्नो विवाहको बारेमा कडा जवाफ दिएकी छिन् ।

उनले फ्यानलाई डन्ट वरी म विवाह गर्छु भनेकी छिन् यो कुरा सुन्दा उनका फ्यानमा उनको विवाह कहिले हुन्छ भनेर उत्सुकता जाग्नु स्वभाविकै हो । रेखाले आफू ४० कटेसी विवाह गर्ने बताएकी छिन् । उनी अबको ४ बर्षजति मज्जाले राजनीति र चलचित्र क्षेत्रमा रमाइलो गर्ने र त्यसपछि मात्र विवाह गर्ने सोचमा रहेकी छिन् ।

रेखाले आफ्नो कोहीसँग पनि प्रेम भने नभएको बताएकी छन् । उनलाई प्रेमप्रति कत्तिपनि विश्वास नै छैन । रेखाले प्रेमलाई फेक भनेकी छिन् ।

तर उनले आफ्नो श्रीमान् भने राजनीति क्षेत्रलाई बुझेको हुने बताएकी छिन् । रेखाले यसो भनिरहँदा उनको फ्यानलाई उनको विवाह हेर्न कौतुहलता बढिरहेको छ । आशा छ नायिका रेखाले आफ्नो वचन पुरा गर्दै फेरि एकपटक विवाह गर्नेछिन् ।

सम्बन्धित खबरहरु