काठमाडौं । के हुन्छ जब कुनै मन्त्री कार्यक्रममा गएको बेला एकजना पनि सहभागी हुँदैनन् ? यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी कम भएपछि कार्यक्रमलाई सम्बोध नै नगरी फिर्ता हुनु भएको छ ।

 

मन्त्री महासेठ गणेश युवा कमिटीको अगुवाईमा नवनिर्मित गणेश प्रतिमाको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन मंगलबार जनकपुर पुग्नु भएको थियो । मन्त्री महासेठ गणेश पूजनोत्सवमा सहभागी भए पनि सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न मान्नुभएन् ।

दर्शक कम भएकाले मन्त्री महासेठले कार्यक्रमलाई सम्बोधन नगरिएको भए पनि आयोजकले अत्यधिक गर्मीका कारण कार्यक्रम स्थगित गरिएको दाबी गरेको छ ।

रामचौकस्थित धनुषसागरको पश्चिमी घाटमा नवनिर्मित गणेश मन्दिरको उद्‍‌घाटन तथा गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मन्त्री महासेठ आज दिउँसो १ बजे पुग्दा आयोजक संस्थाका केही सदस्यबाहेकको उपस्थिति अति न्यून देखिएको थियो ।

मन्त्री महासेठले न्यून सहभागितालाई दृष्टिगत गरी पहिले पूजाअर्चना गर्न निर्देशन दिनुभयो । उहाँले पूजापाठमा झण्डै ४५ मिनेट बिताए पनि सहभागी नबढेपछि नबोली फिर्ता हुनु भएको हो ।

सम्बन्धित खबरहरु