नेपाल टेलिकम प्रयोगकर्तालाई खुःशीको खबर आयो यस्तो नयाँ विशेष अफर


काठमाडौं । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको नेपाल टेलिकमले नयाँ सेवा ल्याएको छ । सरकारी स्वामित्व रहेको दुर सञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नयाँ अफर ल्याएको हो ।

 

यदी तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको बेला कसैले कल गरेको भए जानकारी दिने सेवा सुचारु भएको छ । तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ भने अब पिर गर्नुपर्दैन ।

नेपाल टेलिकमले यसका लागि मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराइरहेको छ । यो सुविधाको प्रयोग गरेमा तपाईंले आफ्नो मोबाइलमा आएका सबै कलको जानकारी दिने सेवा सुरु भएको छ । नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध भएको कुरा जानकारी गराएको छ ।

कम्पनीले यो सेवा प्रति महिना जम्मा ६ रुपैँयामा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ ।

यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुने जानकारी दिइएको छ । आफ्नो मोबाइलमार्फत #1400 डायल गरेर दिइएका विकल्प अनुसार अथवा mca अब अब लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम तत्काल भर्न त्रिविको अत्यन्तै जरुरी सुचना
पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका
त्रिविद्धारा परीक्षाको तालिका (रुटीन) सार्वजनिक [तालिकासहित हेर्नुहोस्]
स्नातकोत्तर तह दोस्रो वर्षका मौका समेतका परीक्षार्थीहरूको देशभरीका परीक्षा केन्द्र [सूचीसहित]
फारम भर्ने सम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता