काठमाडौ । एक चर्चित सांसद नै पक्राउ परेका छन् । तत्कालीन एमालेका सांसद डोलबहादुर (डीबी) कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले आज बिहान कलंकीबाट कार्कीलाई पक्राउ गरेको हो । इन्स्पेक्टर बनाउँछु भन्दै घुस लिएको अभियोगमा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

उनी नौ वर्षपहिले घुससहित पक्राउ परेका थिए । लमजुङबाट तत्कालीन नेकपा एमालेका समानुपातिक सांसद कार्कीलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गर्नुभएको थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए । दोषी ठहर गरेपछि कार्की फरार हुँदै आएका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु