काठमाडौ । बारा जिल्लाको कलैया उपमहानगरपालिका २० स्थित बसन्तपुरबाट भाद्र १८ गते एपीएफ टोलीले भारतीय नम्वर प्लेटको दुई वटा गाडी बरामद गरेको छ । अनुमती पत्र बिना भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नम्बर बीआर
०५८०११ र बीआर ०५ एच ४४७७३ को गाडी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद गाडी एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । उक्त दुई वटै गाडीको भन्सार दाखिला मुल्य करीव ५०
लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३९ गुल्म हेक्वा कृष्णनगरबाट खटिएको एपीएफ टोलीले भाद्र १८ गते नौ लाख ९० हजार रुपैयाँ बराबरको एउटा टाटा सुमो गाडी बरामद गरेको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त गाडी एपीएफ टोलीले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ७ स्थित रुद्रपुरबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवा ईलाकाबाट भाद्र १९ गते एपीएफ टोलीले करीव एक लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छलि नेपातर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, हार्डवेयरका सामान र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु