काठमाडौ । कैलाली जिल्ला प्रहरी कार्यालयले सबै झस्किने एउटा धन्दा फेला पारेको छ । नेपालमापनि यति ठूलो धन्दा भइरहेको छ भन्ने तथ्य खुल्दा प्रहरी ने झस्किएको छ । नेपाल प्रहरीले नेपालमा नै हतियारको कारोबार हुने गरेको तथ्य पत्ता लगाएको हो ।

जहाँ तीन अर्बको एउटै चेकसहित पक्राउ परेका तीनजनाबाट यस्तो तथ्य बाहिर आएको हो । त्यहाँ उनीहरु मिटरब्याजीको रुपमा सक्रिय थिए । साथै हतियार कारोबारीको रुपमा संलग्न रहेको प्रहरीले पत्ता लगाएको छ । उनीहरु मिटरब्याज रकम लगाउने र हतियार कारोबारी रहेको तथ्य भेटिएको थियो । प्रहरीले बुधबार साँझ कैलालीको चटकपुरबाट चार थान पेस्तोल र सुनसहित तीनजनालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आयो ।

अनुसन्धानका क्रममा उनीहरु मिटरब्याजमा रकम लगाउने, जग्गा दलाली गर्ने र साना हतियारको समेत कारोबार गर्ने गरेको खुलेको एक प्रहरी अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा नामले चिनिँदै आएका सञ्जय राना, सोही स्थानका कमल बिक र रुद्रप्रसाद अधिकारी छन् ।

उनीहरुको साथबाट चार थान पेस्तोल, सुनका गहना, केही थान तमसुक र राष्ट्र बैंकका नक्कली कागजात र गोली बरामद भएको छ । पक्राउ परेकामध्ये राना गिरोहका नाइके भएको बताइएको छ । सो समूहलाई पक्राउ गर्नका लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली काठमाडौंबाट कैलाली पुगेको थियो । कैलाली प्रहरीका एसपी सुदीप गिरीले घटनाको अनुसन्धान जारी रहेको बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु