राजनीतिक चलखेलले लपेटिएको नेपाली खेल, कुवेतसँग फेरी लज्जास्पद पराजय
काठमाडौ । नेपालमा खेलकुल क्षेत्र सोचे अनुसार विकास हुन सकेको छैन । नेपालमा क्रिकेटको प्रगती देखिएको भए पनि यहाँ हुने राजनीतिले समस्या उत्पन्न गर्ने गरेको छ । खेलाडीको एक्लो प्रयासले सफल भएका प्रतियोगिताहरु नभएका भने होईनन् ।
यस्तै नेपालको फुटबलमा पनि ठुलो राजनीति रहेको जानकारहरु बताउँछन् । यसको असर बेलाबेलामा देखा पर्ने गरेको छ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा भएको खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा २–० गोल अन्तरले पछि रहेको नेपाल दोस्रो हाफमा थप ५ गोल खाँदै ७–० गोल अन्तरले पराजित भएको हो । अहिले नेपाली टिमको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कुवेतविरुद्ध नेपालको खेल निकै नै फितलो रह्यो । सुरुवातीबाटै दबाबमा रहेको नेपालले केही अवसर पाए पनि गोल गर्न सकेन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।