काठमाडौ । मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास सक्रिय भएको कारण मेघ गर्जनसहित पानी पर्ने भएको छ । उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली बनेको छ । देशभर आंसिक देखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा अहिले पनि भईरहेको छ ।

आज देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाका साथै मध्य र पश्चिमका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसको प्रभावले पहाडि भु–भागमा पहिरो जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

आज देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । साथै पश्चिमि र मध्य भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ । आज राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै पश्चिमि र मध्य भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ । अर्थात आज दिनमा र रातिमा मौसम उस्तै रहने छ ।

भोलि देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । भोलि रातिको कुरा गर्ने हो भने देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुनेछ । साथै मध्य र पश्चिमि भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

आइतबारको कुरा गर्दा खेरी देशभरी दिनमा आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । आइतबार राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमि र मध्य भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु