लारा ओवेन र जुली यून्यङ ली, बीबीसी । दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्। ब्रा नलगाउन चलाइएको #NoBra अभियान सामाजिक सञ्जालमा व्यापक भएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन्। दक्षिण कोरियामा उनी धेरैका लागि ब्रा नलगाउने अभियानको प्रतीक बनेकी छन्। अनि दक्षिण कोरियाली महिलाहरूले एउटा स्पष्ट सन्देश दिइरहेका छन्: ब्रा लगाउनु वा नलगाउनु "व्यक्तिगत स्वतन्त्रता"को विषय हो।

 

ब्रा नलगाउने अभियान
समर्थन जनाइएका केही सन्देश पाए पनि उनले कतिपय महिला र पुरुषबाट आलोचना खेपिरहेकी छन्। धेरैले उनलाई सामाजिक सञ्जालमा अरूको "ध्यानाकृष्ट गर्न चाहने" व्यक्तिको रूपमा चित्रित गर्दै जानीजानी उनले उ'त्तेजना निम्त्याएको आरोप लगाएका छन्।

 

महिला अभियानलाई आफ्नो ख्यातिका लागि उनले प्रयोग गरेको केही मानिसको भनाइ छ। "म बुझ्छु कि ब्रा लगाउनु तपाईँको इच्छाको कुरा हो। तर आफ्नो स्त'न उठेको देखियोस् भनेर उनी सधैँ कसिएको कमिज लगाएर तस्बिर खिच्न लगाउँछिन्। उनले त्यसो गर्नु नहुने हो," इन्स्टाग्राममा एकजना प्रयोगकर्ताले टिप्पणी गरेका छन्।

 

"तपाईँले ब्रा नलगाएकोमा हामी केही भन्दैनौँ। हामीले यति भनिरहेका छौँ कि तपाईँले आफ्ना स्त'नको मुख देखाउनुहुँदैन," अर्का प्रयोगकर्ताले लेखेका छन्। "लाज मान्नुपर्छ। के तिमी यसरी गिर्जाघर जान सक्छ्यौ? के यसरी नै आफ्ना दिदीबहिनीका श्रीमान्‌लाई वा सासुससुरालाई भेट्न सक्छ्यौ?" र "पुरुषहरूले मात्रै होइन महिलाले पनि यस्तो अवस्थामा असहज महसुस गर्छन्" अरू प्रयोगकर्ताहरूले पोस्ट गरेका छन्। ह्वासा नामले चिनिने अर्की चर्चित गायिकाले पनि आफ्ना तस्बिर हालेर #NoBra अभियानलाई फेरि चर्चामा ल्याइन्।

 

स्वतन्त्रता
हङ्‌कङमा साङ्गीतिक कार्यक्रम गरी सोल फर्कँदा ब्रा नलगाई सेतो टीशर्टमा खिचिएको उनका तस्बिर र भिडिओ भाइरल भए। तर त्यसयता सर्वसाधारंण महिलाबीच पनि 'नो ब्रा' अभियान लोकप्रिय भएको छ र यसलाई महत्त्वपूर्ण मानिएको छ। दक्षिण कोरियामा महिलाहरूले आफ्नो रुचिमा स्वतन्त्रता खोजेको यो पहिलो घटना होइन।

 

सन् २०१८ मा 'इस्केप द कोर्सेट' अभियान लोकप्रिय भएको थियो। सो अभियानअन्तर्गत धेरै महिलाहरूले कपाल मुण्डन गराए र शृङ्गार गरेनन्। विद्रोहको सङ्केतका रूपमा उनीहरूले सामाजिक सञ्जालमा तस्बिर प्रेषित गरे। 'इस्केप द कोर्सेट'को नारा अवास्तविक सौन्दर्यको मापदण्डको विरोधमा आएको थियो जसले महिलाहरूलाई शृङ्गार गर्न र छालाको स्याहार गर्न घण्टौँ बिताउन बाध्य पार्छ।

 

बीबीसीसँग कुरा गरेका धेरै महिलाले यी दुई अभियानबीच महत्त्वपूर्ण सम्बन्ध रहेको र सामाजिक सञ्जालमा जसरी फैलिरहेको छ त्यसले एउटा नयाँ सक्रियतालाई सङ्केत गरेको बताएका छन्।

 

 

'गेज रेप'

पछिल्ला वर्षहरूमा दक्षिण कोरियाली महिलाहरूले पितृसत्तात्मक संस्कार, यौ'न हिं'सा र शौचालय तथा अन्य सार्वजनिक स्थलमा पुरुषहरूले राख्ने "जासुसी क्यामेरा"ले निम्त्याएका अप'राधहरूको विरोधमा उभिँदै आएका छन्। सन् २०१८ मा महिलाहरूद्वारा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको थियो जब महिलाहरू सोलका सडकमा निस्केर दशौँ हजार महिलाले जासुसी क्यामेरा राख्ने कार्यविरुद्ध कदम चाल्न आह्वान गरे।

 

बीबीसीसँग कुरा गरेका केही महिलाले अहिले आफूहरू दोधारको अवस्थामा रहेको बताएका छन्। उनीहरू ब्रा नलगाउने अभियानलाई समर्थन गर्छन्, तर ब्रा नलगाई सार्वजनिक स्थलमा जाने आत्मविश्वास उनीहरूमा छैन। त्यसको एउटा ठूलो कारण भनेको उनीहरूमा 'गे'ज रे'प' को भय छ।

 

दक्षिण कोरियामा कसैलाई धेरै हेर्दा यदि उसले आफू हिं'सामा परेको महसुस गर्छ भने त्यस्तो हेराइलाई 'गे'ज रे'प' भन्ने गरिएको छ। अट्ठाइस वर्षीया जियोङ सियोङ इन सन् २०१४ मा निर्मित 'नो ब्राब्लेम' नामक वृत्तचित्र निर्माण समूहकी सदस्य थिइन्। उक्त वृत्तचित्र ब्रा नलगाउने महिलाहरूको अनुभवका बारेमा थियो।

 

विश्वविद्यालयका आफ्ना साथीहरूलाई त्यो वृत्तचित्र बनाउन आफूले पहल गरेको र त्यसमा उनले प्रश्न गर्न थालिन्, "ब्रा लगाउनु स्वाभाविक हो भन्ने कुरा तपाईँलाई किन लाग्छ?"

 

मान्यता
यो विषयमा धेरै महिलाहरूले सार्वजनिक रूपमा बहस गर्न थालेकोमा उनी राम्रो महसुस गर्छिन्। अझै केही महिलाहरूलाई स्त'नको मुख टीशर्टबाट देखिँदा "लज्जित महसुस" गर्ने गरेको उनलाई लाग्छ। "उनीहरूलाई थाहा छ कि दक्षिण कोरियामा ब्रा लगाउनुलाई अझै स्वाभाविक मानिन्छ र त्यही भएर उनीहरू ब्रा लगाउँछन्," उनी भन्छिन्। चौबीस वर्षीया पार्क आई सिउल मोडल हुन्। उनी शरीरबारे सकारात्मक सोच्नुपर्ने अभियानमा संलग्न छिन्। गत वर्ष उनले तीन दिन ब्रा नलगाएर राजधानी सोल जाने र त्यसको भिडिओ बनाउने निधो गरिन्। उक्त भिडिओ २६ हजार पटक हेरिएको थियो।

 

"यदि हामीले तार भएको ब्रा लगाएनौँ भने स्त'न नुहिने र नराम्रो देखिने भन्ने गलत बुझाइ ममा थियो। तर मैले त्यो भिडियो बनाएपछि म त्यस्तो लगाउँदिनँ। ग्रीष्ममा म ब्रालेट लगाउँछु र जाडोमा ब्रा लगाउँदैलगाउँदिनँ," उनी भन्छिन्। र, यो अभियान राजधानीमा मात्रै सीमित छैन। यसले डाएगुका उद्यमी तथा भिजुअल डिजाइनकी २२ वर्षीया विद्यार्थी नाह्युएन लीलाई पनि प्रेरित गरेको छ। उनले विश्वविद्यालयको स्नातकोत्तर तहमा आफ्नो प्रोजेक्टअन्तर्गत यिप्पी भन्ने एउटा पप अप ब्रान्ड थालिन्। यो वर्षको मे महिनादेखि उनले महिलाका स्त'नको मुख छोप्ने निपल प्याच बेचिरहेकी छन्।

 

जिओलानाम प्रान्तकी डा क्युङ आफू गायिका तथा अभिनेत्री सुलीका तस्बिरबाट आफू प्रभावित भएको बताउँछिन् र उनी कार्यालयमा हुँदा ब्रा लगाउँछिन् तर आफ्ना प्रेमीसँग हुँदा ब्रा लगाउँदिनन्। "मेरो प्रेमीले ब्रा लगाउँदा सहज हुँदैन भने नलगाउँदा हुन्छ भन्छन्," उनी भन्छिन्। उनीहरूको सन्देश भनेको रोज्ने अधिकार महिलासँग हुन्छ तर ब्रा नलगाउनेबारे अध्ययनले के भन्छ त?

 

के ब्रा नलगाउँदा स्वास्थ्यमा असर पर्छ?
डा. डेइड्रे म्याक गी फिजीओरेथपिस्ट र अस्ट्रेलियाको वोलोन्गोङ विश्वविद्यालयस्थित 'ब्रेस्ट रिसर्च'की सहनिर्देशक हुन्। "मलाई लाग्छ रोज्न पाउने अधिकार महिलासँग छ, तर यदि स्त'न ठूला छन् र तिनलाई संभरण गर्ने आधार छैन भने गर्धन र ढाडसमेत शरीरको अङ्गविन्यासमा प्रभाव पर्छ," उनी भन्छिन्। "महिलाहरूको उमेर बढ्दै जाँदा महिलाहरूको शारीरिक संरचनामा परिवर्तन आउन थाल्छ, छालामा परिवर्तन आउँछ र प्राकृतिक रूपमै संभरणको स्तर घट्छ।" "बिनाआड व्यायाम गर्दा स्त'नहरू हल्लिन्छन् र आड दिने स्पोर्ट्स ब्राले स्त'नमा पीडा हुन घटाउन तथा गर्धन र ढाडको पीडा हुन नदिन सक्छन्।"

 

"हाम्रो अध्ययनले के पाएको छ भने स्त'न लैङ्गिक पहिचानको एउटा हिस्सा भएकोले दुइटै स्त'न काटेर फालिएका कतिपय महिलाहरूले पनि सो भागलाई सुरक्षित बनाइरहेका हुन्छन्।" "अनि यदि तपाईँ आफ्ना स्त'न कस्ता देखिन्छन् वा स्त'नको चालबारे लज्जित वा सचेत हुनुहुन्छ भने तपाईँ त्यही अप्ठेरो अङ्गविन्यासमा पुग्नुहुन्छ। शल्यक्रिया गरेर स्त'न फ्याँकेका केही महिलालाई अङ्गविन्यास र आत्मविश्वासका लागि म ब्रा लगाउनु उपयुक्त हुन्छ भन्छु।" पोर्ट्समथ विश्वविद्यालयस्थित बायोमिक्यानिक्स विषयकी प्राध्यापक डा. जेनी बर्बेज भन्छिन् - ब्रा लगाउँदा असहजता वा पीडा महसुस गर्ने कुरा "स्त'नमा राम्ररी नमिलेको ब्रासँग सम्बन्धित" छ। "हाम्रो अनुसन्धान समूहलाई जानकारी भएसम्म स्त'न क्यान्सरको सम्बन्ध ब्रा लगाउनुसँग भएको कुराबारे कुनै विश्वसनीय वैज्ञानिक अध्ययन प्रकाशित भएको पाइएको छैन," उनी भन्छिन्।

 

तर महिलाहरूले ब्राको विरोधमा पहिलो पटक चलाएको अभियानको नजिक पनि यो कुरा छैन। सन् १९६८ को अमेरिका सुन्दरी छनोट कार्यक्रम चलिरहँदा कार्यक्रम स्थलबाहिर भएको प्रदर्शनका क्रममा "ब्रा बर्निङ फेमिनिस्ट" शब्दावली आएको थियो। महिला प्रदर्शनकारीले ब्रासहितका सामान फोहोरदानीमा फाले जसलाई उनीहरूले साङ्केतिक रूपमा महिलामाथि दमन गर्ने वस्तुको रूपमा हेरेका थिए। यद्यपि उनीहरूले त्यसलाई कहिल्यै जलाएनन्। तर त्यसयता ब्रा जलाउने कुरा महिला स्वतन्त्रता अभियानसँग जोडिन पुगेको छ। यो वर्षको जुन महिनामा उचित तलब, थप समानता र यौन दुर्व्यवहार तथा हिंसाको अन्त्यको माग गर्दै स्वीट्जरल्यान्डमा हजारौँ महिला कार्यस्थलबाहिर निस्केर ब्रा जलाए र ट्राफिक अवरुद्ध पारे। अक्टोबर १३ तारिखमा मनाइने "नो ब्रा डे" स्त'न क्यान्सरविरुद्ध जनचेतना फैलाउने दिनको रूपमा स्थापित भएको छ। तर गत वर्ष फिलिपिन्समा महिलाहरूले बृहत् लैङ्गिक समानताको माग गर्दै उक्त दिवस मनाए।

 

'फ्री द निपल' अभियानका एक सहभागीले प्रदर्शन गर्दै
पत्रकार भेनिसा अल्मेडा भन्छिन्, 'नो ब्रा डे' ले "महिलावादमा र महिलाका रूपमा हामी के हौँ भन्ने कुरामा जोड दिन्छ।" "महिलालाई कसरी दास बनाइएको छ भन्ने कुरालाई ब्राले दर्शाउँछ," उनले भनिन्। पछिल्ला वर्षमा अभियानकर्मीहरूले महिला र पुरुषको स्त'नको मुखबारे अपनाइएको दोहोरो मापदण्डलाई उजागर गर्ने कामलाई एक कदम अगाडि बढाएका छन्। सन् २०१४ को डिसेम्बरमा नेट्फ्लिक्सले एउटा वृत्तचित्र सार्वजनिक गर्‍यो जसमा महिलाहरूको एउटा समूहले न्यूयोर्क महानगरमा महिलाको स्त'नलाई अपराधीकरण गर्ने र त्यसमा प्रतिबन्ध लगाउने कदमको विरोध गर्छ।

 

यसले "फ्री द निपल" अभियानलाई एउटा विश्वव्यापी घटनाको रूपमा अगाडि बढायो। दक्षिण कोरियामा पछिल्लो 'नो ब्रा' अभियान महिलाको शरीरलाई लिएर लगाइएका प्रतिबन्धविरुद्ध विश्वव्यापी बढ्दो ध्यानको प्रतिनिधि घटना हो। अभियानमा सहभागी महिलाहरूको भएको विरोधले सांस्कृतिक अपेक्षाको प्रतिरोधलाई देखाउँछ। अझै यो देशमा धेरै महिलाका लागि यो "व्यक्तिगत स्वतन्त्रता"का लागि आधारभूत विषय हो। यी अभियानहरू बढ्दो रूपमा देखिनुले के सुझाउँछन् भने धेरै दक्षिण कोरियाली महिलाका लागि यो ह्याशट्याटको गति तबसम्म कम हुनेछैन जबसम्म ब्रा नलगाउनु समस्याको रूपमा रहनेछ।

 

सम्बन्धित खबरहरु