काठमाडौं । केही दिन पहिले एक भारतीयले नेपालको राजसंस्था हटाउनको लागि भारतीय गुप्तचर संस्था ‘रअ’ ले भुमिका खेलेको बताएका थिए । यसलाई लिएर अहिले नेपालमा राजनीति सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालबाट राजसंस्था हटाउन भारतीय गुप्तचर संस्था ‘रअ’ले भूमिका खेलेको बिषयमा छानबिन गर्नुपर्ने माग गर्नुभएको छ ।

[caption id="" align="aligncenter" width="3612"] File Photo[/caption]

केही दिन अगाडीमात्र रअका तत्कालीन विशेष निर्देशक अमर भुषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’मा नेपालबाट राजसंस्था हटाउन ‘रअ’ले भूमिका खेलेको र त्यसका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हातेमालो गरेको भन्ने दाबी गरेका थिए । सोही बिषयमा बोल्दै अध्यक्ष थापाले राजसंस्था हटाउन भूमिका खेलेको रअ र प्रचण्डमाथि पनि छानबिन हुनु पर्ने माग गर्नुभएको हो ।

बिहिबार भरतपुर बिमानस्थलमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै थापाले यस्तो माग गर्नुभएको हो । छानबिनका लागि उहाँले सर्वदलीय उच्चस्तरीय समिति बनाउँनु पर्ने माग गर्नुभएको छ । मुलुकको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लाद्नका लागि बाह्य शक्तिले खेलेको भूमिका र हस्तक्षेपको घटनामा गम्भीर भएर छानबिन हुनु पर्नेमा उहाँको जोड थियो ।

सम्बन्धित खबरहरु