काठमाडौ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा भर्खरै सूचना निकाले अनिश्चित समयका लागि स्थगित भएको छ । भोली देखि हुने परीक्षा तत्काल नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि भर्खरै सूचना प्रकाशन गरेर स्थगित भएको हो ।

सर्वोच्चले शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्कालै रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन आदेश दिएको थियो । आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आदलतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो ।

आदेशपछि चिकित्शा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा महाराजगञ्जले सूचना निकालेर स्थगित गरेको छ । परीक्षा भाद्र २१,२२, २३ र २४ गतेका लागि तय भएको छ । सूचना अनुसार अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको छ ।

यस्तो थियो फैसला

सर्वोच्च अदालत, एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री श्री तेज बहादुर के. सी.. आदेश 076-WO-0208 मुद्दाः-उत्प्रेषण।

निवेदक

आयुष ओझा समेत –……….१

विरूद्ध पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल समेत समेत -..-.—–.-….१

विपक्षी

यसमा रिट निवेदकको तर्फबाट उपस्थित हुन भएका विद्वान बरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी र विद्वान अधिवक्ताहरु श्री अरुण पौडेल, ओमप्रकाश अर्याल र निमा गिरीले गर्नु भएको बहस समेत सुनियो ।

यसमा के कसो भएको हो? निवेदन मामबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हन नपर्ने भए आधार र कारण सहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद वाहेक १५ दिन भित्र विपक्षी नं. १, २ र ३ को हकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत र अन्यको हकमा आफै वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न भनी यो आदेश र रिट निवेदनको प्रतिलिपी साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना पठाई म्याद भित्र लिखित जवाफ परे वा सो को अवधि नाघेपछि नियमानुसार पेश गर्नु ।

अन्तरिम आदेश माग भएको सम्बन्धमा विषयवस्तुको गाम्भिर्यता एवं संवेदनशीलता र पृष्ठभुमिलाई हेर्दा २०७४।११।१० देखि लागु भएको चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६.१६(३) र १७(४) र (७) को प्रावधान ,र अहिले विभिन्न सरकारी चिकित्सक शिक्षण संस्थाबाट निकालिएको विज्ञापन वीच तरिदाम्यता मिलाउन छलफलबाट नै निकौलमा पुग्नु पन दखिदा हाल त्रि.वि.वि. अन्तर्गतका चिकित्सा शिक्षण संस्थान अन्तर्गतको प्रवेश परीक्षा भालि मिति २०७६।५।२१ मा हुने भनी सचना प्रकाशन भएको र यस विषयमा दुवै पक्ष राखी छलफल गर्न बढी उपयुक्त हुने भएकोले हाल भोलि मिति २०७६।५।२१ मा हुन लागेको उक्त वि.वि.वि. अन्तर्गतका चिकित्सा शिक्षण संस्थान अन्तर्गतको एम.वि.वि.एस. तहको प्रवेश परीक्षा संचालन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(ख) बमोजिम तत्काले यथास्थितिमा राखी छलफलको निम्ती मिति २०७६।५ । २५ गते आउनु भनी प्रत्यर्थीहरुलाई म्याद सूचना जारी गरी छलफलको लागि पेशीको सूचना महान्यायाधिवक्ताको कार्यालय समेतलाई दिई उपस्थित भए वा गुजारेपछि नियमानुसार पेश गर्नु।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु