काठमाडौ । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्या'कमे'लिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अ'श्लील भिडियो सार्वजनिक गर्ने ध'म्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो ।

‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने ध'म्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रुप लिएपछि किशोरी' डि'प्रेसनमा गएकी छिन् । यसरी जबसम्म सहमति हुन्छ तब दुबैले संसार भुलेर व्यवहार गर्छन । तर जब सम्बन्ध बिग्रने अवस्था आउँछ अनी काण्ड सुरु हुन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यो पनि, वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड हम'लाले चार वर्ष अघि काठमाडौँ, वसन्तुपरमा भएको यस्तै घटना सम्झाई दिएको छ । २०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन विकले एसिड छ्या'पेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए ।

यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको प्रतिक्रिया नै हो । यसअघिका यस्ता घटना पनि प्रेमकै प्रतिसोधमा भएका देखिन्छन् । गत जेठ पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षे जेनी खड्कामाथि एसिड प्रहार भयो । खड्कामाथि उनकै पति विकास भनिने विष्णु भुजेलले एसिड हा'नेका थिए ।

२०७५ असोज पहिलो साता तेब्बर कम उमेरकी सझनाकुमारी दासमाथि एसिड छ्या'पेका थिए । यस्ता घटना निरन्तर हुँदै आएका छन् । वीरगञ्जमा महानगरपालिका–४ बर्तास्थित गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले शुक्रबार वीरगन्ज शुक्रबार वीरगञ्ज–३ छप'कैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि भएको एसिड एसिड प्र'हार गरेका हुन् ।

घाइते खातुनलाई नारायणी उपक्षेत्रीय अस्पतालको रिफरमा काठमाडौँ किर्तीपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आइबार शल्यक्रिया गरिनेछ । त्रिभुवन हनुमान मावि कक्षा ९ मा अध्ययनरत खातुनमाथि स्कुल जानेबेला बाटो ढुकेर सम्सादले एसिड प्र'हार गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु