काठमाडौं । आफ्नो घरमा सुतेको अवस्थामा अचानक गायब भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी हुन् ।

कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ । हिजो मात्रै हामीले खोजि गर्नको लागि सहयोग गर्नको लागि भन्दै एक अपिल पनि गरेका थियौं । तर सबैंको प्रयास असफल भएको छ । उनलाई मृत अवस्थामा देख्नेहरु सबै भावुक हुँदै राइरहेका छन् ।

प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको हो । उनको लाश परीक्षणका लागि अस्पतालमा राखिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु