काठमाडौं । एक जनप्रतिनिधिले जीवनत्यागको प्रयास गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का वडाध्यक्ष रमेश नेपालले आज आत्मह'त्या प्रयास गरेका हुन् । अस्पतालमा उपचाररत नेपालको अवस्था गम्भिर रहेको जानकारी दिइएको छ । पुरानो बुटवल बजारस्थित आफ्नै घरमा सिलिङ फ्यानमा नेपाल पासो लगाएको अवस्थामा फेला परेका थिए ।

तत्कालै परिवारका सदस्यले देखेपछि उनलाई उद्दार गरी अस्पताल ल्याइएको हो । स्थानीयका अनुसार आमाले देखेपछि छिमेकीको सहयोगमा पासो लागेको डोरी काटेर नेपाललाई उद्दार गरिएको परिवारले जानकारी दिएको छ ।

उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालको लामो समय श्वासप्रश्वास बन्द भएको कारण मष्तिष्कमा अक्सिजनमा समस्या आए पनि घाँटीको हड्डी नभाँचिएको जनाइएको छ । उनले किन यस्तो कदम उठाएका हुन भन्ने विषय खुल्न सकेको छैन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु