तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका शैक्षिक संस्थालाई एक समाजसेवीले २१ लाख रुपैयाँको दिएका छन् । उक्त रकमको छात्रवृत्ति अक्षयकोष स्थापना हुने भएको छ । आठराई गाउँपालिका–५, छातेढुंगाको गैरीगाउँमा जन्मिएर हाल झापाको राजगढ बस्दै आउनुभएका यज्ञप्रसाद ओलीले आफ्नी स्वर्गीय आमाको स्मृतिमा २१ लाख रुपैयाँको ‘गंगामाया डाँगी ओली स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नुभएको हो ।

छातेढुंगास्थित पोखरी माविको शनिबार भएको वार्षिकोत्सव समारोहमा समाजसेवी ओलीले तेह्रथुम बहुमुखी क्याम्पस र गाउँपालिका क्षेत्रका सबै नौ वटा माविमा दुई–दुई लाख रुपैयाँ र छातेढुंगाको होडास्थित सरस्वती माविमा एक लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो ।

ग्रामीण क्षेत्रमा रहेका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीको प्रोत्साहन र शैक्षिक उन्नयनकालागि आफुले जन्मथलोका ११ वटा शैक्षिक संस्थामा एकैसाथ छात्रवृत्ति अक्षयकोष स्थापना गरेको समाजसेवी ओलीले बताउनुभयो ।

सबै क्याम्पस र विद्यालयमा छुट्टा–छुट्टै कोष खडा भएकाले अब वार्षिक रुपमा क्याम्पस र विद्यालयले उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत हुनेछन् । कार्यक्रममा प्रदेश सांसद तेजमान कन्दङवाले समाजसेवी ओलीले जन्मथलोको शैक्षिक उन्नयनमा अक्षयकोष स्थापना गरेर सहयोग पु¥याएकाप्रति धन्यवाद प्रकट गर्नुभएको छ ।

ओलीले छातेढुंगाको पोखरी मावि, इवाको प्रणामी मावि, सक्रान्तिको त्रिमोहन, श्रीकृष्ण र रामसंस्कृत मावि, खाम्लालुङको महेन्द्र मावि, थोक्लुङको भगवती मावि, चुहानडाँडाको शारदा मावि र तेह्रथुम बहुमुखी क्याम्पसलाई अक्षयकोषकालागि दुई–दुई लाख रुपैयाँ र सरस्वती आधारभूत विद्यालय होडालाई एक लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु