काठमाडौ । विद्यार्थीले चीट चोर्ने रोग नेपालको प्रमुख समस्या हो । यसले नेपालको शिक्षा क्षेत्र खस्किएको विज्ञहरुको विश्लेषण छ । बेला–बेलाका परीक्षामा विद्यार्थीले चीट चोरेको चर्चा नेपाल आमसञ्चारमापनि भइरहेको हुन्छ । तर यो समस्या नेपालको मात्र होइन रहेछ ।

अहिले मेक्सिकोमा विद्यार्थीको चीट विश्वभरी हासोको विषय बनेको छ । हालै ‘हाइस्कुल’का विद्यार्थीको परीक्षामा शिक्षकले विद्यार्थीले चीट चोर्न वा एक अर्कामा हेर्न पाउँन भनेर गरेको हर्कत सबैलाई सोच्न बाध्य पारेको छ । त्यहाँ लगाएको एक अनौठो नियम थाहा पाउने धेरैलाई अचम्भित बनाउँछ ।

हालै प्रशिक्षार्थीहरुले चिट नचोरुन् भनेर एक शिक्षकले उनीहरुको आँखाको दुबै पट्टी ‘कार्डबोर्ड’ लगाइदिएका थिए । तर यस्तो हर्कत गरेकोमा ती शिक्षक ‘सस्पेन्ड’ भएका छन् ।

परिक्षामा विद्यार्थीहरुले चिट चोर्ने चलन धेरै भएपछि ती शिक्षकले यस्तो गरेको बताइन्छ । स्थानीय मिडियाका अनुसार मेक्सिकोको तियाक्साला राज्यस्थित यस्तो घटना भएको हो । यस्तो घटना मिडियामा सार्वजनिक भएपछि विद्यार्थीका अभिभावकले समेत विरोध जनाएका छन् । विद्यार्थीमाथि अन्याय गरिएको उनीहरुको गुनासो छ । शिक्षकलाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

घटना बाहिरिएपछि प्रहरीले पनि यसबारे अनुसन्धान गरिने जनाएको छ । यस्तै सामाजिक सञ्जालमा पनि यसबारे टिका टिप्पणी भइरहेको छ । अधिकांशले ती शिक्षकमाथि ठट्टा गर्नुका साथै आलोचना गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु