भौचरमा आधारित छोटो अवधिको सीपमूलक तालिममा सहभागी हुन आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो) |

मिति:२०४६/04/१८ भौचरमा आधारित छोटो अवधिको सीपमूलक तालिममा सहभागी हुन आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

यस परियोजनाले बिभिन्न तालिम तथा रोजगार सेवा प्रदायक संस्थाहरु मार्फत देहायका पेशागत विषयहरुमा आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाहरुमा भौचर प्रणालीमा आधारित ३ महिने (३९० घण्टे) सीपमूलक तालिम निशुल्क रुपमा सञ्चालन हुने भएकोले इच्छुक गरिब, बेरोजगार युवाहरुले अनलाईनमार्फत आवेदन फाराम भर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

आवेदन फाराम यस परियोजनाको वेवसाइट www.event.gov.np बाट अनलाईन फाराममा क्लिक गरी भर्न सकिने छ । अनलाईनबाट फाराम भर्ने अन्तिम मिति: २०७६ साल असोज १६ गते राती १२:०० बजे सम्म । सम्भाव्य सीपमूलक तालिमका पेशागत विषयहरु आर्क वेल्डर कार्पट वेभर

  • बिल्डिड इलेक्ट्रिसियन
  • आल्मुनियम फैविकेटर
  • चाइनिज कुक
  • बिल्डिड पेन्टर
  • इण्डष्ट्रियल इलेक्ट्रिसियन
  • जनरल कुक
  • बेकर इण्डियन कुक
  • जुनियर कम्प्युटर हार्डवयर टेक्निसियन
  • ब्रिकलेयर
  • मेशन
  • इसिडि फेसिलिटेटर
  • जुनियर पल्मबर
  • भिलेज एनिमल हैल्थ वर्कर
  • एफएम स्टुडियो टेक्निसियन
  • टायलामार्वल फिटर
  • मोटरसाइकल सर्भिस मेकानिक
  • एसिस्टेन्ट लाइबेरियन
  • टेलरिङ्ग
  • मोवाइल फोन रिपेयर टेक्निसियन
  • एसिस्टेन्ट वेटर
  • टेलिकम टेक्निसियन
  • रिसेप्सनिष्ट एसिस्टेन्ट
  • व्युटिसियन
  • ड्रेस मेकर
  • रेफ्रिजेरेशन एण्ड एयर कण्डिशन जुनियर मेकानिक
  • कन्टिनेन्टल कुक
  • थान्का (पौवा) आर्ट
  • बेमौसमी तरकारी उत्पादक कमी-॥
  • फर्निचर मेकर
  • हाउस किपिङ/क्लिनर
  • कम्युनिटि एग्रिकल्चर एसिस्टेन्ट
  • फेशन डिजाइनर
  • याण्ड ईम्ब्रोइडरी
  • कम्युनिटी लाईभस्टक एसिस्टेन्ट
  • बारवर
    तालिमका विशेषताहरूः

तालिम तथा सीप परीक्षण निशुल्क रुपमा हुने । तालिमको समयमा खाजाको व्यवस्था हने । गरिब महिला, आदिबासी जनजाती मधेसी, दलित,अपाङ्गता,अति सीमान्तकृत तथा सीमान्तकृत जनजाती, पिछडिएको क्षेत्रमा बसोवास गर्ने व्यक्तिलाई प्राथामिकता दिइने

तालिम पश्चात संस्थाबाट रोजगारीका लागि सहजीकरण हुने ।  ६ वर्षदेखि ४० वर्ष उमेर समूहका महिला र पुरुष तालिममा सहभागी हुन पाउने । आवेदन फाराममा रहेका सूचक तथा सत्यापन भएका आवेदकहरु मध्येबाट सहभागी छनौट गरिने ।

अनलाईनबाट फाराम भर्दा अपलोड गर्नुपर्ने कागजातहरु:

अनिवार्य रुपमा नागरिकता प्रमाणपत्रको स्क्यान प्रति अपलोड गर्नु पर्ने ।
अति सीमान्तकृत तथा सीमान्तकृत जनजातिको सूचीकृत जाती बाहेक अन्य जनजाती,दलित, अपाङ्गता एकल महिला जस्ता विशेष अवस्था भएका आवेदकहरु जनजातीको हकमा सोको प्रमाण खुल्ने कागजातको स्क्यान प्रति अपलोड गर्नु पर्ने ।

फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु

एउटा मोवाइल नं. एक जनाको फाराममा मात्र प्रयोग गर्नु पर्नेछ ।
फाराम Save गरे पछि मोवाइलमा आएको भेरिफिकेशन कोड डाटावेशमा इन्ट्री गरेपछि मात्र फाराम पेश हुनेछ।

परियोजनाबाट विशेष अवस्थाको कागजात नागरिकता प्रमाणपत्र र अन्य प्रेषित विवरणहरु रुजु गरी फाराम स्वीकृत भएपछि मात्र टोकन नं. मोवाइलमा आउने छ । थप जानकारीका लागिः फोन नं. ०१४७८६३११,४७८६४११ टोल फ्रि नं. १६६००१६७ (यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन)

-प्रमोद कुमार शर्मा / उप सचिव - परियोजना सचिवालय, बुद्धनगर, काठमाडौं, वेभसाइट: www.event.gov.np: टोल फ्रि नं. १६६००१६७७७७

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु