काठमाडौं । दसगजा क्षेत्रमा भारतले बनाएको बाँधजस्तो संरचना मर्मत–सम्भार गरी बलियो बनाउन थालेपछि रौतहटका स्थानीयमा त्रास थपिएको छ । अन्तर्राष्ट्रिय नियमको उलंघन गर्दै भारतले बाग्मती र लाल बकैयाको प्राकृतिक बहाव अवरोध हुनेगरी सीमावर्ती क्षेत्रमा ढोका (फाटक) सहितको स्थायी संरचना बनाएपछि रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी गाउँमा डुबानको पिरले थपिएको हो ।

भारतले बनाएको बाँधजस्तो स्थायी संरचनाका कारण रौतहटका दर्जनभन्दा बढी गाउँ बर्सेनि डुबानमा पर्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनि,

सरकारले थप चार देश फिनल्यान्ड, इन्डोनेशिया, रुस र अस्ष्ट्रेलियासँग हवाई सम्झौताको तयारी गरेको छ । हालसम्म नेपालको ३९ देशसँग हवाई सम्झौता भइसकेको छ । सम्झौताको तयारी गरेका देशमध्ये फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुची देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यी मुलुकमध्ये रुस पहिले सम्झौता तथा उडानसमेत भएको तर हाल उडान बन्द भएको मुलुक हो । अन्य मुलुक नयाँ हुन् । नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक कम्बोडिया हो । यो समाचार आजको आर्थिक अभियानमा छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु