काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपाली कांग्रेसका युवा नेता पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाप्रति आक्रोश पोखेका छन् । उनले जनताको सर्वोच्च निकाय संसदमा प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा अमानवीय, संवेदनहीन हिन अभिव्यक्ति दिएको भन्दै उनले गगनप्रति रोश प्रकट गरेका हुन् ।

उनले प्रधानमन्त्री बिरामी हुने वित्तिकै त्यसरी बोल्ने गगनले एक चक्की औषधी खान नपारोस् हजार बर्ष बाँच्दै अजम्बरी बनोस् सम्म भ्याएका छन् । पत्रकार ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहान्छ कार्यक्रममा उनले यो आक्रोश पोखेका हुन् ।

कार्यक्रममा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेबारे कुनै सहमति नभएको दाबी गरेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले आगामी महाधिवेशनसम्म पार्टीभित्र दुई जना अध्यक्ष नै रहने जिकिर गरे । उनले भने,”महाधिवेशनले के गर्छ रु त्यो त महाधिवेशनले नै गर्ला । अध्यक्षलाई अधिकार त हाम्रो विधानले नै दिएको छ नि । हामीले निर्णय गरेर सहमतिमा सर्वसम्मतीले विधान निर्माण गरेका छौं । विधानमा दुई जना अध्यक्षको प्रवन्ध गरिएको छ । अध्यक्षहरुलाई विधानले निश्चित् प्रकारको अधिकार प्रत्यायोजन गरेको छ । त्यो अधिकार उहाँहरुले प्रयोग गर्नुहुन्छ । अहिलेपनि गरिरहनुभएको छ । त्यसकारण अधिकार लिने वा दिने भन्ने प्रश्न नै छैन् ।”

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षको प्रधानमन्त्री भएको दाबी गरे । माधव कुमार नेपालले अघि सारेको एक व्यक्ति, एक पदको अवधारणा पार्टीको विधान नभएको पनि उनको जिकिर छ । उनले भने,”यो पार्टीको लाईन होईन । पार्टी विधानले पनि त्यो कुरा भन्दैन् । पार्टी एकता गर्ने बेलापनि यो कुरा गरिएको छैन् । र, हामीले एकता गर्दा जुन विधान निर्माण गरेका छौं । त्यही अनुसार पार्टी अगाडि जान्छ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु