काठमाडौ । पुराना कलाकारलाई पाखा लगाएर बजारमा आएको भद्रगोललाई दर्शकले रुचाएका छैनन् । युट्यबमा मिडिया हबले राखेको भिडियोलाई मन पराउँने भन्दा घृणा गर्ने धेरै देखिएका छन् । सोम धितालले निर्माण गर्ने भद्रगोलमा यस पटक पहिलेका कुनै पनि चर्चित कलाकारलाई स्थान दिइएको छैन । नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन् । गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी राखिएको छ ।

उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री–पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन । यो सँगै अर्को खुःशीको खबर पनि आएको छ ।

अब भद्रगोलको पुरानो टिमले पनि नयाँ टेलिश्रृंखला सुरु गर्न लागेको जानकारी दिएको छ । असोज २ गते देखि आफुहरुले नयाँ टेलिश्रृंखला सुरु गर्न लागेको उक्त टिमका कलाकार गोविन्द कोइरालाले जानकारी दिएका छन् । नाम टुंगो लागेको छैन । यो टेलिश्रृंखला नेपाल टेलिभिजन र युट्यबमा पनि आउँनु भएको छ । हरेक साता बिहिबार जिग्री–पाँडेसहितको टिमको नयाँ शो आउँने भएको हो । यद्यपी जिग्री र पाँडेको समुहले भद्रगोल आफुहरुको कन्सेप्ट रहेकाले त्यसको कपी राईटका लागि अदालत जाने बताएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु