काठमाडौं । नेपाली महिला फुटबल टिमले उत्कृष्ट प्रदर्शन गरेको छ । किर्गिस्तानमा सुरु भएको नाडेज्हा कपमा नेपालले सानदार सुरुवात गरेको हो । नेपालले आइतबार भएको खेलमा घरेलु टिम किर्गिस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले ४ गोल गरिन् ।

File Photo

तेस्रो, १५ औं र ३० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी उनले ५४ मिनेटमा व्यक्तिगत चौथो गोल गर्न सफल भएकी हुन् । अनी, अनिता बस्नेतले ३४ औं र ८९ औं मिनेटमा गरी २ गोल गरिन् भने दिपा राईले २५ औं र निरु थापाले ३७ औं मिनेटमा १–१ गोल थपेर ८ गोल पुर्याएका हुन् । किर्गिस्तानका लागि अइजानले १९ औं र अइपेरीले २२ औं मिनेटमा गोल गरेका थिए ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपालसहित चार टिमले भाग लिइरहेको प्रतियोगितामा नेपालले सोमबार उज्वेकिस्तान र मंगलबार ताजकिस्तानसँग खेल्न जाँदैछ । प्रतियोगितालाई नेपालले दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रुपमा लिएको छ । साग आगामी मंसिर १५ देखि नेपालमा आयोजना हुने तय छ। घरेलु भूमीमा हुने सागमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालको मुख्य चुनौती भारत रहेको छ ।

सम्बन्धित खबरहरु