काठमाडौ । के हुन्छ जब विवाह भएको ४ महिना पुग्न लाग्दै गर्दा बच्चाको जन्म हुन्छ । सामान्य रुपमा हेर्दा यो एक जटिल कुरा हो । अहिले विवाह भन्दा पहिले नै सम्बन्धमा रहने भएका कारण पनि यो सामान्य बन्दै गएको छ । तर समाज यो कुरा स्वीकार गर्न सक्दैन । यस्तै, ०७६ वैशाख ४ गते मण्डन देऊपुर नगरपालिका–४ महादेवस्थानका रमेश खड्का (नाम परिवर्तन) ले बनेपा नगरपालिका नालाकि समिता (परिवर्तित नाम) सँग मागी विवाह गरे ।

आफ्नो गच्छेअनुसार राजनले धुमधामसँग विवाह गरेका थिए । विवाहपछि उनीहरूको जिन्दगी राम्रैसँग चल्दै थियो । तर, गएको भदौ १९ गते रमेशको जीवनमा निकै आश्चर्यचकित घटना घट्यो । मागी विवाह गरेको ४ महिनामै बच्चा जन्मियो । विवाहअघि कहिल्यै नभेटिएकी रुपाबाट बच्चा जन्मिएपछि उनी अच्चममा परेका छन् ।

बच्चा जन्मनु अघिसम्म पनि श्रीमति गर्भवति भएको उनले थाहा पाएनन् । श्रीमतीको शारीरिक अवस्था परिवर्तन हुँदै गएपछि राजनले शंका गर्न भने सुरु गरिसकेका थिए । तर, अचानक रुपा गत बिहीबार विरामी पर्छिन् । विरामी श्रीमतीलाई लिएर उनी बनेपाको शिर मेमोरियल अस्पतालमा पुग्छन् । अस्पतालले उनी गर्भवति रहेको बतायो ।

रुपाले त्यहीँ आफ्नो सन्तानलाई जन्म दिइन् । मागी विवाहको चार महिनामै सन्तान जन्मेपछि राजन खुसी होइन अत्यन्त चकित खान्छन् । त्यसपछि उनले समितालाई यसविषयमा सोधपुछ गर्दछन् । सोधपुछ गर्नेक्रममा रुपाले विवाहपूर्व आफ्नो प्रेमी रहेको जानकारी गराउँछिन् । समिताका अनुसार सिन्धुली जिल्ला दुम्जा घर भएका पुस्कर पुलामी मगरसँग उनी विवाहपूर्व सम्बन्धमा रहेकी थिइन् । मगर भने विवाहित रहेको खुलेको छ ।

घटनाको सबै जानकारी लिएपछि राजन इलाका प्रहरी कार्यालय बनेपामा पुगेर मगर विरुद्ध उजुरी दिएका छन् । उनले रुपालाई जब'रजस्ती क'रणी गरेको भनेर उजुरी दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख निरञ्जन भट्टराईले बताए । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु