काठमाडौं । आफ्नो तीन दिने भ्रमणमा नेपाल आउँनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता सुरु गर्नुभएको छ । नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरीय बैठक राजधानीमा सम्पनन भएको छ । दिउँसो चारबजेतिर दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बैठक सुरू भएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गर्नुभयो भने चिनियाँ पक्षको नेतृत्व विदेश मन्त्री वाङ यीले गर्नुभएको छ ।

नेपाल–चीन संयन्त्रको बैठकमा तीन सम्झौतामा हस्ताक्षर भएको जानकारी दिइएको छ । झण्डै १ घण्टा चलेको बैठकमा भएको छलफलपछि चीनले नेपाललाई आपतकालीन अवस्थाको तयारी स्वरूप ५ हजारवटा पाल दिने, मनाङमा करीब ३५ करोड लगानी बराबरको अस्पताल बनाइदिने र नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक शिक्षक पठाउने सम्झौतामा हस्ताक्षर गरिएको छ ।

यो सँगै विगातमा भएका सम्झौता र कार्यान्वयनको पक्षलाई लिएर पनि चर्चा गरिएको छ । वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष, विदेशमन्त्रालयको एशिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी भएका थिए । चीनका राष्ट्रपति सि जीनफिङको नेपाल भ्रमण पुर्व विदेशमन्त्री नेपाल आउँनु भएको हो ।

सम्बन्धित खबरहरु