काठमाडौं । सबैले विशेष महत्वकासाथ हेरेको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु प्रतिस्पर्धामा लागेका छन् । तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ ।

कास्की २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । नेकपाबाट गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार र साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने तयारी गरेको छ । कांग्रेस नेता गुरुङले अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु