काठमाडौं । लामो समय देखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउँने वित्तिकै असर देखा पर्न थालेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ । यसैगरी, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटेको आलय निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कम भएको मूल्य आज राति १२ बजेदेखि नै लागू हुनेछ । भारतबाट बाराको अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने भएपछि मूल्य कम भएको हो । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा मट्टितेलको मूल्य ९५ मा झर्ने भएको हो । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ कायम गरिएको थियो ।

आज पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा मंगलबार सिंहदरवार र हैदरावादबाट एकैसाथ रिमोट थिचेर उद्घाटन गर्नुभएको हो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ ।

यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदा कायम भएको मुल्य अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने भएपछि कम भएको हो । यसले नेपालको करोडौं राज्यकोष खर्च हुनबाट जोगिने बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु