एक नेपाली खेलाडीको २ गोल फर्काउन नसकेपछि चाइनिज टिम पराजित


काठमाडौं । नेपालले चाइनिज ताइपेईलाई हराउँदै पहिलो जित हासिल गरेको छ । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको हो ।

 

नेपालले आज भएको खेलमा चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २–० गोलले पराजित गरेर सानदार जित हात पारेको हो । नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका हुन् । अन्जनले खेलको चौथो मिनेट र ६२ मिनेटमा गोल गरेर नेपाललाई जिताएका हुन् । उनले चौथो मिनेटमा फ्रिकिकमा आएको पासमा हेडमार्फत गोल गरे ।

दोस्रो गोल डिबक्सभित्रको देब्रेतिरबाट गरेका थिए । आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध ७–० को हार बेहोरेको नेपालले जित हात पारेसँगै ठूलो राहत मिलेको छ । जससँगै नेपालले समूह बीमा ३ अंक जोडेको छ । नेपालले पहिलो चरणको बाँकी २ खेल अब एक महिनापछि खेल्ने भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्ने जानकारी दिइएको छ । गत मार्चमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि योहान कालिनको नेतृत्वमा नेपालले पहिलो खेलमा जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम तत्काल भर्न त्रिविको अत्यन्तै जरुरी सुचना
पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका
त्रिविद्धारा परीक्षाको तालिका (रुटीन) सार्वजनिक [तालिकासहित हेर्नुहोस्]
स्नातकोत्तर तह दोस्रो वर्षका मौका समेतका परीक्षार्थीहरूको देशभरीका परीक्षा केन्द्र [सूचीसहित]
फारम भर्ने सम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता