काठमाडौ । नेपाली चलचित्र चपली हाईटको अर्को संस्करण आउँने भएको छ । चपली हाईट, चपली हाई २ पछि अब चपली हाईट ३ आउँने भएको हो । चर्चित निर्माता अर्जुन कुमारले उक्त चलचित्र निर्माण गरेका हुन् । चलचित्रको निर्देशन निकेश खड्काले गरेका छन् । चलचित्रको पहिलो पोस्टरपनि सार्वजनिक भइसकेको छ । चलचित्रमा नायिका स्वस्तिमा खड्काको मुख्य भूमीका रहेको छ । उनलाई नायक महेश त्रिपाठीले साथ दिएका छन् । चलचित्रमा अभिनेत्री सुपुष्पा भट्ट, अमिर गौतम, प्रतिक श्रेष्ठपनि देख्न सकिनेछ ।

निर्माता अर्जुन कुमार १४ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् । उनले द युगदेखि युगसम्म, चपली हाइट, फिटकिरी, चपली हाइट २, फाटेको जुत्ता लगायतका चर्चित चलचित्र बनाई सकेका छन् । चलचित्रको मुख्य सहायक निर्देशकमा राम खड्का रहेका छन् । लेखन आकाश बरालको रहेको छ । अर्जुनकुमार कै संगीत रहेको चलचित्र अस्लेशा इन्टरटेन्मेण्टले पोष्ट प्रोडक्सन गरेको छ ।

हेरौ चलचित्रको भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

https://www.youtube.com/watch?v=erTc59yErCw&feature=youtu.be

सम्बन्धित खबरहरु