विप्लवका छोरा प्रकाश चन्द पक्राउ


काठमाडौ । लामो समय देखि केपी शर्मा ओली नेतृत्वको सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । केही दिनदेखि उनी चितवन मेडिकल कलेजको विरोध गर्दै आइरहेका थिए । उनलाई चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ । प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले घटनाको पुष्टि गर्नुभयो ।

चन्दको नेतृत्वमा चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन देखि विभिन्न माग राखी आन्दोलन गर्दै आइरहेका थिए । उनले अस्पतालको सेवामा अवरोध गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रकाशले हालै मात्र उक्त मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेलाई झु’न्डयाउने चेतावनी दिएका थिए ।

मेडिकल कलेजमा अधिक मुल्य लिएर ठगी गर्नुका साथै भर्नालगायतमा विद्यार्थीमाथि चरम आर्थिक भार खेपेको भन्दै विद्यार्थी आन्दोलित भएका थिए । प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
चितवन मेडिकल कलेजलाई त्रिविले भन्यो बढी शुल्क लिएको भए फिर्ता देऊ
स्नातक तहको प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सम्वन्धि सूचना
२०४८ सालपछिका त्रिविका विद्यार्थीहरुका लागि यो अन्तिम मौकाको सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर