काठमाडौं । र्दुइ तिहाइको सरकार आएपछि जनताले धेरै ठुलो आशा गरेका थिए । नेपालको रेल देखि पानीजहाजसम्मको सपना देखाएको सरकारले अहिलेसम्म केही आधारभुत कुराहरुमा पहल गरिरहेको छ ।

यो बीचमा सरकारले निम्न आय भएकाहरुका लागि छिट्टै एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले छिट्टै सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिनुभएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल गरिरहेको जानकारी दिनुभयो । उहाँले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको भन्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु