नेकपा सचिवालय बैठक भर्खरै सकियो, यस्ता छन् निर्णय


काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आउँदो मङ्सिरमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले तीनै तहको रिक्त उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानूनी व्यवस्थाअनुसार दल दर्ता गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी महासचिव पौडेललाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पार्टी एकताका विषयमा भने आजको बैठकमा छलफल नभएकाले आगामी बैठकमा छलफल हुने जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “दल दर्तासम्बन्धी सबै प्रक्रिया पूरा गरेर टुङ्ग्याउन महासचिव पौडेललाई जिम्मेवारी दिइएको छ, अरु साङ्गठनिक एकीकरणसँग सम्बन्धित विषयका बारेमा छिटै अर्को बैठक आयोजना गरेर निर्णय लिइने छ ।”

सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको ५० पदमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सोही उपनिर्वाचनको प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समयसीमा तोकेको छ ।

आयोगका अनुसार मङ्सिर १४ मा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४१ गरी ३६ जिल्लामा ५० पदमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनको तयारीका कामहरु जारी रहेको आयोगले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता