काठमाडौ । एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् । माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले सबै ठाउँमा खोजेर नभेटृाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिनुभयो ।

“भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ता भएछन् आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका छौ ।” वलीले भन्नुभयो । घरपरिवारले खोज तलास गरिदिनका लागि वनगाड प्रहरी चौकीमा उनीहरूको हुलियासहित निवेदन आएको त्यहाँका प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु