माथिल्लो दर्जालाई सलाम नगर्ने ३० जना नेपाली सेनालाई कारबाही


काठमाडौ । सेना भनेको नै चेन अफ दि कमाण्डमा रहने संगठन हो । माथिल्लो दर्जाको कमाण्ड तल्लो दर्जाले नमाने त्यो सेना सेना रहँदैन । यसैले प्रशिक्षणदेखि नै कमाण्डरले जस्तो सुकै काम लगाएपनि मान्ने संस्कार बसाईन्छ । तर नेपाली सेनाका ३० जनाले माथिल्लो दर्जाका कर्मचारीलाई सलाम नगर्दा कारबाही खेपेको खबर बाहिर आएको छ । सैनिक अनुशासन विपरीत कार्य गरेको भन्दै सैनिक प्रहरी गणले उनीहरुलाई कारबाही गरेको हो ।

 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले ३० जनालाई स्पष्टिकरण सोधिएको पुष्टि गरे । ‘स्पष्टिकरणसँगै ड्रिल खेलाएर आइन्दा मर्यादा विपरीत कार्य नगर्न सचेत गराइएको छ’, सहायक रथी पाण्डेले भने, ‘यो १५ दिनभित्र गरिएको कारबाही विवरण हो ।’

कारबाहीमा पर्नेको अभिलेखसमेत राखेर पुनः कसूर दोहोरिए सैनिक ऐनअनुसार कारबाही गरिने बताइएको छ । सैनिक संलग्न अपराध अनुसन्धान र अनुशासन कायम गराउन क्रियाशील रहने सैनिक प्रहरी गणले अनुगमनका क्रममा कसूरदार देखिएकालाई कारबाहीको दायरामा ल्याएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरु गरेको त्रैमासिक रोलकलमा पनि सलामसम्बन्धी विषय उठ्ने गरेको थियो । केहीअघि जंगीअड्डाले नेपाली सेनामा अभिवादन गर्नुको आवश्यकता र अनुगमनसम्बन्धी कार्यविधि ल्याएपछि कारबाही थालिएको एक सैनिक अधिकृतले बताए । सेनाको जंगीअड्डाले देशैभरका युनिटमा कार्यविधिको अक्षरशः पालना गर्न निर्देशनसहित पत्राचार पनि गरिसकेको उनले बताए ।

ती अधिकृतका अनुसार वैशाखमा जारी भएको सैनिक आचार संहिता संग्रह–२०७६ को खण्ड २ मा पनि परम्परा तथा शिष्टाचारसम्बन्धी शीर्षकमा सलाम गर्ने विधि र प्रक्रियाबारे उल्लेख गरिएको थियो । ‘सैनिक अभिवादन अन्तर्गत ओहदाको सम्मानस्वरुप सलाम फर्काउनु सबैको कर्तव्य हो भनिएको छ’, ती अधिकृतले भने, ‘दुई वा दुईभन्दा बढी हकदार भएको अवस्थामा ज्येष्ठ अधिकृतलाई मात्र गर्ने भनिएको छ ।’

घोडा, साइकल, मोटरसाइकल, कार वा अन्य कुनै पनि किसिमको सवारी साधन चलाइरहेको अवस्थामा ड्राइभरले चाहिँ सलाम गर्नु नपर्ने व्यवस्था छ । यद्यपि, सवारी साधन रोकिएको अवस्थामा दर्जाअनुसार अभिवादन गर्नुपर्ने भनिएको छ । यही कार्यविधिलाई टेकेर अटेर गर्ने सेनालाई कार्बाही गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता