एजेन्सी । भनिन्छ रिस मानिसको सबै भन्दा ठुलो शत्रु हो । रिसले अरुलाइ नभएर आफैलाइ हानि पुर्याउने गर्दछ र रसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ त्यसकारण रिसलाइ ज्यादै शक्तिशाली भाव पनि मानिन्छ । रिसको उठेको बेला रिसको झोकमा मानिसहरुले अनेक गर्ने घटनाहरु धेरै सुनिन्छन् । त्यसैले मानिसले रिसलाई नियन्त्रण गरि आफुलाइ सम्हाल्नु बुद्धिमानी मानिन्छ । रिसको आवेगलाई शान्त पारेर संयमित हुने तरिकाहरू यस प्रकारका छन्।

मज्जाले हाँस्ने : आफ्नो मुड खराब होस् भन्ने चाहाना कसैलाइ हुदैन तर कहिले काँही नचाहेर पनि यस्तो अवस्था आउन जान्छ। त्यति बेला आफ्नो रिसलाई शान्त पार्न रमाइलो कुराको खोजीमा लाग्ने, रमाइलो फिलिम हेर्ने, बच्चाहरुसँग खेल्ने, हसाउने र रमाइलो कुराको खोजीमा लाग्नु, कमेडी कार्यक्रम हेर्ने आदि।

लामो श्वास फेर्ने  : रिस उठेको बेला मानिसको श्वास तिव्र गतिमा बढ्न गइ श्वास फेर्न गाहा्रे हुन्छ । रिस उठेको बेला बिस्तारै नाकबाट लामो गहिरो श्वास लिने र छोड्ने गर्नुहोस । यसो गर्दा रिस शान्त हुन्छ । रिस उठ्दा घाँटी तथा जिउ तन्काउने र कुनै योगको आसन गर्नाले शरीर र भावनाहरूलाई नियन्त्रण गरि रिस शान्त पार्न सकिन्छ ।

गीत सुन्ने : संगीत मन नपर्ने मानिस साहेद विरलै होलान। संगीतले मनलाइ आनन्दमय बनाउँदछ । बाटोमा हिड्रदा होस् या घरमा सुमधुर गीत सुनियो भन मन आन्नद हुन्छ। त्यसैले रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्ने आफ्नो भावना बहलाउने कोसिस गर्नुपछ । यसले गर्दा रिस छिनभरमै हराउँछ । त्यसैगरी आफुलाइ मन परेका शब्द वा वाक्य खोज्ने र त्यसमा एकाग्र हुने कोसिस गनाले पनि रिस शान्त हुन्छ ।

मानसिक उल्झनबाट बाहिरआउने : कोठाभित्रचुपचाप शान्त बसेर आँखा बन्द गर्ने र आफूलाई एकदमै मन पर्ने दृश्यका परिकल्पना गर्न पर्छ । जस्तैः कुनै रमाइलो हिमाल छ, जहाँ सेतो हिमालको छायामा बसेको अनुभव गर्ने, चराचुरुंगीको आवाज कस्तो आइराखेको छ इत्यादि दृश्यहरू आँखा बन्द गरेर महसुस गर्यो भने रिस छिट्टै मर्छ।

चुप लागेर बस्ने : रिस उठेको छ भने एक देखि सयसम्म अंक गन्नपर्छ । त्यसले गर्दा रिस बिस्तार शान्त हुदैजान्छ । रिस उठेको बेला मान्छेले जथाभावी बोल्न थाल्छ यसले राम्रो होइन आफैलाई हानी पु¥याउँछ। रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि आफेलाइ सम्हाल्नु पर्छ र चुप लाग्ने पर्छ । यसरी चुपचाप भएको बेला गलत या सही छुट्याउन समय मिल्नेगर्छ ।

साथीसँग मनको कुरा भन्ने  : अरुलाइ आफ्नो मनका कुरा सुनाउदा मन हल्का हुने गर्दछ । त्यसैले रिस उठेको बेला त्यही कुरा नसोचेर आफ्नो मन मिल्ने विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गनपर्छ जसले गर्दा मनको असन्तुष्टिलाई नयाँ रुप दिन सक्छ। अरुभन्दा अलग बस्ने र आफुलाइ समय दिनु पर्छ ।

लेख्ने बानी गर्ने : जुन कुरा आफुले अरुलाइ भन्न सकिँदैन त्यसलाई पक्कै पनि लेख्न सकिन्छ। रिस उठेको कसैसंग बोल्न मल नलागे आफ्नो मनको कुरा महसुस भइरहेको छ र कस्तो प्रतिक्रिया जनाउन मन लागेको छ मजाले लेख्नपर्छ ।

सिर्जनात्मक कुरा अपनाउने : रिस उठ्दा आफुलाई सिर्जनात्मक कुरामा लगाउनुर्प । मुड खराब भएको बेला जस्तै पेन्टिङ, गार्डेनमा समय बिताउनुहोस् या केही गीत, कविता कोने , घरको कामहरु गर्ने। यसका साथै रिस उठेको बेलामा ऐनाको अगाडी बसर चिसो पानी पिउनालभ पनि रिस शान्त पार्न सकिन्छ ।

रसाउने बानीले गर्दा तपाईंबाट नजिकका मानिसहरू पनि टाढा हुन जान्छन् । रिसको झोककमा आफ्नै इज्जत गुम्न सक्छ । ‌ । रिसले गर्दा मानिसबाट पाइ रहकोे इज्जत मानसम्मान पनि गुमाउनपर्ने हुन्छ। रिस पोख्ने बानी भएको मानिसहरूलाई कसैले मनपराउर्दैनन् । यस्तो बानी भएको व्यक्तिसँग मानिसहरू डराउँछन । झगडालु हुनुभन्दा रिसलाई नियन्त्रण गर्नु असल मानिन्छ । जस्तै देश चलाउनु भन्दा रिस कब्जा गर्नु ठुलो मानिन्छ । भनिन्छ गलत मान्छेलाइ र रिसलाइ कहिलै मित्र बनाउँ हुदैन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु