काठमाडौं । समय–समयमा नेपाल वायु सेवा निगमको व्यवस्थापनलाई लिएर अनेक प्रश्न आउँने गरेका छन् । व्यवस्थापकिय जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दर्जनौं कर्मचारीले राजनीनामा दिइरहेएकै बेला एयरलाइन्सले अर्को गम्भीर गल्ती गरेको छ । लामो समय देखि यस खालका समस्याहरु झेल्दै आएको निगमले गल्तीहरुलाई सच्याउँदै अघि बढ्नुपर्नेमा त्यसो भइरहेको छैन ।

एयरलाइन्स व्यवस्थापन कुन हदसम्मको मनपरि ढंगले चलिरहेको छ भन्ने उदाहरण अहिले बाहिर आएको घटनाले पुष्टि गरेको छ । भएको के भने, एयरलाइन्सले सोमबारको उडान एक देशका लागि भनेर अर्कै देशमा पुगेको छ । एयरलाइन्सको विमान आइतबार राती संयुक्त अरब इमिएट्स (युएई) उड्नुपर्ने थियो ।

तर एकाएक निगम व्यवस्थापनको कमजोरीले उक्त उडान रद्द गरेर सोमबार बिहान मलेशियाको राजधानी क्वालालम्पुरका लागि उड्यो । निगमका एक उच्च अधिकारीका अनुसार एक आईएनजीओको मलेशियामा हुन लागेको कार्यक्रमका लागि दुबई उड्न लागेको विमानको तालिका रद्द गरेर मलेसियातर्फ पठाइएको हो ।

उनका अनुसार सो कार्यक्रममा भाग लिन निगमकै कर्पोरेट विभागका निर्देशक रवीन्द्र श्रेष्ठ र कर्मशिलय विभागका निर्देशक गोपाल जोशी समेत जाने भएपछि यस्तो गरिएको हो । उनीहरुबाहेक सो टोलीमा अरु ३५ जना थप अरु पनि रहेको बताइएको छ ।

१ सय ५८ सिट क्षमताको न्यारो बडी एयर बस विमानमा आयोजक टोलीबाहेक अन्य ६५ जना गरी कुल १०२ जना टिकट काटेका थिए । सोमबार बिहान काठमाडौंबाट साढे ९ बजे मलेशियाको लागि उडेको सो विमान पी ओल्ट्रा र सुदीप रिजालले उडाएका थिए । निगमको यस खालको व्यवहारले दुबई जान तयार भएका यात्रुलाई मर्का परेको जानकारी दिइएको छ ।

निगम स्रोतका अनुसार आइतबार राती दुबईको उडान रद्द भएपछि ६३ यात्रुलाई सिनामंगलको होटलमा राखियो । उता दुबईतर्फ पनि यही विमानको टिकट काटेका १५० भन्दा बढी यात्रुलाई स्थानीय होटलमा राखियो । यसरी विमान तालिका अनुसार नउड्दा यात्रुको होटल शुल्क, अपरेशन चार्ज लगायत गरी निगमलाई करोडौंको नोक्सान हुन पुगेको छ ।

सम्बन्धित खबरहरु