काठमाडौ । हिन्दु नेपालीहरुको महान पर्व दशैं आउँन केही महिनामात्रै बाँकी छ । यो बीचमा कीर्तिपुरका व्यापारीहरूले दशैं मेलाको विरोधमा आज बजार बन्द गरेका छन् । दशैंका लागि कीर्तिपुर नयाँबजारस्थित गेट नजिकैको फुटबल मैदानमा विभिन्न स्टल राखेर व्यापार हुने भएपछि आफूहरूलाई नोक्सान पुग्ने भन्दै कीर्तिपुरका व्यापारी आक्रोशित भएका हुन् ।

मेलामा उपभोग्य सामान सस्तोमा बेचिँदा ग्राहक त्यतै जाने भएपछि व्यापारीले मेला बन्द गर्न माग गरेर प्रदर्शन सुरु गरेका छन् । स्थानीय व्यापारीले कीर्तिपुर नगरपालिकाको भवन घेराउ गर्दै नाराबाजी समेत्त गर्न भ्याएका छन् ।

मेला बन्द नगरे स्टलहरू भत्काउने चेतावनी उनीहरुको छ । कीर्तिपुरका मेयर रमेश महर्जनले यस विषयमा आज दुई पक्षका व्यवसायीहरूबीच वार्ता हुने बताए पनि तनाव कम भएको छैन । विशेष गरेर चाड पर्वको समयमा सरकार आफैंले पनि सहुलियत पसल सञ्चालनमा ल्याउने गर्दछ । यहाँ गत वर्ष पनि यस्तै मौंकामा मेला लागेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु