काठमाडौं । चर्चित बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छिन् । नेपाली पोशाकमा सजिएकी उनी आफ्नो चलचित्र ‘पासवर्ड’ को प्रमोसनका लागि आज अपरान्ह मात्रै नेपाल आएकी हुन् । उनी आज सवा चार बजे मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सन्नी अभिनित नेपाली फिल्म ‘पासवर्ड’ यही आउँदो शुक्रबार देखि प्रदर्शनमा आउँन लागेको छ । यसअघि उनी व्यक्तिगत र व्यापारिक भ्रमणमा पटकपटक नेपाल आइसकेकी छिन् । आज साँझ साढे सात बजे पासवर्डको प्रिमियिर तथा मिडिया साक्षत्कारमा सहभागी हुने सन्नी हायात होटेलमा बस्ने जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु