काठमाडौं । नेपालीहरुको महान पर्व दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुलाउने तयारी गरिएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको छ ।

तर यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । यस वर्ष दशैंको घटस्थापना असोज १२ गते परेको छ भने असोज १८ गते फूलपाती, १९ गते अष्टमी, २० गते महानवमी र २१ गते विजया दशमी पर्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एक फरक प्रशंगमा बैठकमा यातायात व्यवसायीहरुले सडक तत्काल सुधार गर्न भने सरकारसँग माग गरेका छन । दशैंका लागि दुरदराजसम्म यात्रुहरु पुग्नुपर्ने भएकाले वर्षाका कारण क्षति पुगेका सडक सुधारको कामलाई भने तत्काल सम्पन्न गर्न अनुरोध गरिएको हो ।

सम्बन्धित खबरहरु