काठमाडौ । सेञ्चुरी बैंकका सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले नक्कली सर्टिफिकेट पेश गरी सञ्चालक पदमा रहेको खुलासा भएको छ । श्रेष्ठले स्नातक तहको लागि बिहारको नक्कली सर्टिफिकेट पेश गरी बैंकको सञ्चालक पदमा आसिन रहेको खुल्न आएको हो ।

श्रेष्ठ सेञ्चुरी बैंकको दुई कार्यकालदेखी सञ्चालक रहँदै आएका छन् । सञ्चालक नै नक्कली सर्टिफिकेट राखेर सञ्चालन गर्ने बैकमा रकम राख्ने खातावालाले सोच्नै पर्ने भएको छ । आफै अवैध रहेका व्यक्ति सञ्चालक रहेको बैकको रकम के होला ? विचारणी छ ।

सञ्चालक श्रेष्ठले प्रथम कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठसँग मिलेर विभिन्न आर्थिक लाभ समेत लिएको उच्च स्रोतले जानकारी दिएको छ । जसमध्ये कर्मचारीलाई छ्ट्टाइएको शेयर मध्येबाट १० हजार कित्ता शेयर प्रमुख कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठको नाममा लिएर उक्त शेयर हाल श्रीमती बिमला श्रेष्ठको नाममा करिब १८ हजार कित्ता रहेको खुल्न आएको छ ।


बैंकको प्रबन्धपत्र र नियामलीमा व्यवस्था भएअनुसार संस्थापक शेयरधनी मध्येबाट ३ जना संचालक रहनुपर्नेमा राष्ट्र बैंकले दिएको निर्देशन बिपरित ४ जना संचालक या बैंकमा रहेका छन् । यी सबै कुरा जानकारी भएपनि राष्ट्र बैंकले भने कुनै कारबाही गर्न सकेको छैन् ।

आर्थिक लाभमा लिप्त सञ्चालक श्रेष्ठ मर्जर समितिको पनि संयोजक बन्न सफल भएका छन् । उनि विवादित छविका सञ्चालक रहेको बैंक क्षेत्रमा चर्चा हुने गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु