काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भौतिक आ'क्रमण गरेको छ । यस विषयलाई लिएर कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले हजुरआमामाथि आ'क्रमण गर्ने जत्था बोकेर कस्तो नेपाल बनाउनुहुन्छ ? भन्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यु यहाँको राजमा यहाँका कार्यकर्ताले यहाँकै उमेरको सालिन महिला नेतृको हात भांचिदिएका छन् । बाँके जिल्ला नेपाली कांग्रेस सभापति किरण कोइरालाको भांचिएको हातले यहाँको राज्यमा अनेक प्रश्न जन्माएको छ ।
१ं, महिलाको मर्यादा ।
२, इतर विचारको कदर ।
३, स्वस्थ राजनीतिको अभ्यास ।

अनि बिशेष प्रश्न–४,

राजनीति हामी कता लग्दैछौं ? हजुरामा माथी आ'क्रमण गर्ने जत्था बोकेर तपाईं कस्तो नेपाल बनाउन चाहनुहुन्छ ?’ उहाँले सामाजिक सञ्जालमा घाइते जिल्ला सभापति किरण कोइरालाको तस्बिर समेत राख्नु भएको छ । बिहीबार नेपालगञ्जमा कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले कांग्रेसमाथि आ'क्रमण गरेका थिए ।

आफ्नो क्षेत्रमा आएर कार्यक्रम गरेको भन्दै आक्रोशित नेकपा कार्यकर्ताले भौतिक आ'क्रमण गरेका हुन् । नेकपाका स्थानीय नेता सुमन मल्लको निर्देशनमा मुमबहादुर वली, निर्मल खत्रीलगायतले सांघातिक आ'क्रमण गरी बाँके सभापति किरण कोइरालालगायतलाई घाइते बनाएको पार्टीले जानकारी दिएको छ ।

हिजो दिउँसो रेडक्रसको हलमा कार्यक्रम भइराखेको बेला आफूहरूको प्रभाव क्षेत्रमा कार्यक्रम गर्न नदिने भन्दै नेकपा कार्यकर्ताले आ'क्रमण गर्दा कोइरालाको हात भाँचिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु