काठमाडौ । नेपालमा अहिले पनि धामी झाक्री मान्ने चलन गएको छैन । कोही बिरामी हुँदा झारफुक गर्ने यहाँ सम्मकी यस्तो गर्दा गर्दै कतिपय अवस्थामा बिरामीको मृत्युसम्म हुने गर्दछ । नेपालमा त्यस्ता दुर दराजका गाउँहरु छन् जहाँ स्वास्थ्यको पहुच पुगेको छैन ।

शिक्षा र स्वास्थ्यजस्ता आधारभुत कुराहरुको ज्ञान नभएका ठाउँहरुमा मात्रै नभई शहर बजारमा पनि यस्तो चलन अझैं कायमै रहेको छ । यस्तै, धादिङ नीलकण्ठ नगरपालिका–९ झगरेका राजु मगरको शरीरबाट विकार फालिदिने भन्दै झाँक्रीले पेटमा प्वाल पारिदिएका छन् ।

२ महिनादेखि जण्डिस लागेका मगरको उपचार गरिदिने भन्दै एक लामा झाँक्रीले उनको पेटमा प्वाल पारिदिएको जानकारी दिइएको छ । झाँक्रीले जण्डिस रोग निको पारिदिने विश्वासमा पर्दा मगर जीवनमरणको दोसाधमा पुग्न बाध्य छन् । उनको पेटमा प्वाल परेपछि उपचारको लागि जिल्ला अस्पताल धादिङ लगिएको परिवारले जानकारी दिएको छ ।

मगरकी श्रीमती विमलाका अनुसार झाँक्रीले शरीरको विकार फालिदिने भन्दै बन्द कोठामा थुनेर ब्लेडले पेट चिरिदिएका थिए । सुरुमा सुई लगाएको जस्तो गरी केहि सामानले घोचेको र पछि ब्लेडले चिरेर त्यही घाउमा मुखले टोकिदिएका थिए । अहिले बिरामीको अवस्था गम्भीर रहेको र उनको उपचार भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु