काठमाडौ । नेपाली मुलकी चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला धेरैका लागि उदाहारण हुन् । उनले क्यान्सरलाई जितेर अगाडी बढ्दैछिन् । अहिले उनी अरुलाई क्यानसरबाट कसरी बच्ने भन्ने कुरा सिकाउँदै हिड्छिन् । उनी आफु चिकित्सक नभए पनि आफ्नो अनुभवका आधारमा अरुलाई सल्लाह दिने गरेकी छिन् ।

 

कोही पनि मानिसलाई रोग नलागोस भन्ने उनको चाहाना छ । उनी आफुलाई पहिले देखि नै स्वस्थ्य राख्नुपर्छ भन्ने कुरामा विश्वास गर्छिन । यसका लागि उनले सबैभन्दा धेरै खानालाई विचार गर्नुपर्ने बताएकी छिन् । उनका अनुसार, ‘हाम्रो शरीर दिमाग, शरीर र आत्माले बनेको हुन्छ ।

शरीरलाई आहार खाना चाहिन्छ, जसमा अर्ग्यानिकलाई केन्द्रित गर्नुपर्छ । यसमा खानासँगै शरीलाई दिने आराम पनि आउँछ । दिनमा ८ घण्टा सुत्नु भन्छन्, यो असाध्यै आवश्यक रहेछ । मैले पहिला धेरै धेरै काममा मग्न हुन्थे, नसुते पनि हुन्छ भन्थे ।

तर शरीरलाई यो चाहिने रहेछ, धेरै मात्रामा आराम र निन्द्रा पनि आवश्यक हुन्छ । तर यो सँगै शरीलाई शारीरिक रुपमा सक्रिय बनाउनु पनि उत्तिकै आवश्यक रहेछ । हामीले हाम्रो शरीरलाई स्वस्थ्य राख्न अरु धेरै कुरामा पनि ध्यान दिन आवश्यक छ ।’

उनले मानिस मानसिक रुपमा पनि स्वस्थ्य हुनुपर्ने कुरा उल्लेख गरेकी छिन् । दिमागी तन्दुरुस्ती पनि हाम्रा लागि आवश्यक हुने उनले बताइन् । यस विषयमा उनले भनेकी छिन्, ‘यो हाम्रो मनसँग जोडिएको कुरा हो । यो सकारात्मक छ कि खालि नकारात्मक काम कुरामा अल्झिरहन्छ रु यो थाहा पाउन एकदमै जरुरी छ । समाचार हेरौँ, धेरैजसो नकारात्मक नै आउँछ । कता–कता मलाई लाग्छ, हामी मानिसहरु नकारात्मतातर्फ अग्रसर भईराखेका छौँ । त्यसैले हामीले पहिला आफैँले आफैँलाई मूल्यांकन गर्न आवश्यक छ ।’

सकरामत्मक सोचका लागि पनि उनले केही कुरा जानकारी गराएकी छिन् । सकरात्मक हुनको लागि आफूमा भर पर्ने कुरा महत्वपुर्ण हुने उनको भनाइ रहेको छ । उनले भनिन्, ‘मलाई लाग्छ, कसैको पनि जीवनमा समस्या नआउने हुँदैन ।

समस्या आउँछ भने, त्यहाँ पक्कै पनि समाधान पनि आउँछ । समस्यामा उल्झन हैन, समाधानको बाटो हिड्न खोजौँ । सकारात्मक दृष्टिकोण भयो भने जीवनलाई विभिन्न आयामबाट, दृष्टिकोणबाट हेर्न पनि जानिन्छ । भन्छन् नि, ‘जीवनलाई आधा खालि भएको देख्ने कि आधा भरिएको देख्ने ।’

क्यान्सरसँग लड्नको लागि आध्यात्मिक पाटोले पनि सहयोग गर्ने उनको बुझाई रहेको छ । यसमा अदृश्य शक्तिको विश्वास पनि रहेको हुन्छ । यसमा हामीले जुन धर्म, संस्कृतिलाई अपनाएका हुन्छौ, त्यही नै महत्वपूर्ण हुन्छ । ध्यान, साधना, योगाजस्ता कुरा यहाँ पर्न आउँछन् । मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष नै आध्यात्म भएको उनको बुझाई रहेको छ ।

यदि यी सबैको बिचमा सद्भाव र सन्तुलन भयो भने र यसलाई नियाल्दै गएमा तपाईँलाई के आवश्यक छ भन्ने बारे तपाईँले थाहा पाउनुहुन्छ । मैले प्रस्तुत गर्न खोज्ने मुख्य विषयवस्तु पनि यही हो, कि कसरी हामी स्वस्थ्य जीवनशैली अपनाउन सक्छौँ रु यदि स्वस्थ्यकर जीवनशैली अपनाउँदा अपनाउँदै पनि क्यान्सर भइहाल्यो भने आत्तिहाल्नु पर्ने कुनै कारण नभएको पनि उनको बुर्झाइ रहेको छ । क्यान्सरका विषयमा पोख्त चिकित्सकहरुको टोली भएको भन्दै नआत्तिकन पूर्ण विश्वासका साथ उपचार गराउन सबैलाई अनुरोध गरिन् ।

उनले आफ्ना बारेमा पनि केही कुरा जानकारी गराएकी सिछन् । उनले भनिन्, ‘मेरो बारेमा भन्नुपर्दा त्यो चौथो तहको क्यान्सर थियो। तर भगवान ममाथि दयालु भए, मेरा चिकित्सक उत्कृष्ट थिए, मलाई मेरो परिवारको एकदमै ठूलो समर्थन थियो। त्यो सबैले मलाई उपचारमा सहयोग गर्यो । अहिले म क्यान्सरमुक्त भएको छु र एकदम ठीक छु । अहिले ७ वर्ष भयो ।’

क्यान्सर हुनु मृत्युदण्ड दिएको जस्तो नहुने भन्दै क्यासरपछि पनि जीवन हुने कुरामा दुई मत नभएको कोइरालाको दावा छ । उनका अनुसार, ‘सायद क्यान्सरपछि जीवन अझै राम्रो हुन्छ । म क्यान्सर अगाडिको जीवन भन्दा अहिले उत्तम जीवन जिउँछु । पीडा भइसकेको मान्छेले, भोगेको मान्छेले सचेत भएर जीवन जिउँछ ।

पीडामा नभएको र दुख नउठाएको मान्छेले अलिकति लापरवाह जीवनशैली जीउने रहेछ । क्यान्सरले मलाई स्वस्थ्य जीवन जीउनु अति आवश्यक रहेछ भन्ने बोध गरायो र जीवनलाई रमाएर जिउन सिकायो ।’

हामीले एक दिन यो संसारबाट विदा भएर जानै पर्ने भएको हुँदा तेरोमेरो त्याग्नुपर्ने उनी बताउँछिन् । नकरात्मक सोच भएका मानिसहरुले मानसिक रुपमा तनाव दिने भएको हुँदा यसको असर हाम्रो स्वास्थ्यमा पनि पर्ने उनको बुझाई रहेको छ । उनले मानिस किन खुःशी हुन सक्दैन भन्दै प्रश्न पनि गरेकी छिन् । आफुले क्यान्सर विरुद्धको महा–अभियान थालेको पनि उनको जानकारी दिइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु