काठमाडौं । भारत अहिले चन्द्रयान २ को चर्चामा अल्झेको छ । आज पनि भारतमा कति मान्छे खाना नपाएर भोकै मर्नुपर्ने वाध्यता रहेको छ । जनताका लागि आवश्यक विकासका पुर्वधारहरु पनि निर्माण गरिएको छैन । यस्तै एक दृश्य अहिले बाहिर आएको छ जहाँ वास्तविकता देखिएको छ ।

शिक्षक हुन त्यति सजिलो र सामान्य छैन । यस्तै कथा छ उडिसाकी एकजना महिला शिक्षकको रहेको छ । उनी विगत ११ वर्षदेखि बच्चाहरु पढाउन नदी तरेर जाने गरेकी छिन् । ढेंकनाल जिल्लाको राठियापाल प्राथमिक विद्यालयमा पढाउने ४९ वर्षीय बिनोदिनीलाई बर्षायाममा नदी तैरिनु बाहेक अरु कुनै विकल्प छैन ।

सापुआ नदीमा पानी भरिएपछि कि स्कूल जान बन्द गर्नुपर्छ कि पुरै लुगा भिजाएर उनी स्कूल पुग्नुपर्ने वाध्यता रहेको छ । जे जति आफ्ट्यारा भए पनि तर उनले हिम्मत हार्दिनन् । बरु सारीमैं नदीमा उत्रिन्छिन्, झोला माथि उठाउँछिन र ज्यान जोखिममा राखेर नदी पार गर्छिन् । कतिपय बेला उनलाई चिसोले समात्छ अनी स्वास्थ्य पनि बिग्रिन्छ ।

तर पनि उनले स्कूल नियमित जाने गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । यो विद्यालयमा ५३ जना बच्चा पढने गर्छन । उनी सन् २००८ सालदेखि शिक्षकका रुपमा काम गरिरहेकी छिन् । बिनोदिनीको घर जरियापालदेखि राठियापाल प्राइमरी स्कूलको दूरी तीन किलोमिटर रहेको छ ।

उनले महिनाको ७ हजार (भारु) तलब पाउने गर्छिन । शुरुमा भने उनको तलब १७ सय मात्र थियो । सरकारले केही वर्ष अघि नदीमा ४० मीटर लामो पुल बनाउने योजना बनाएपनि अहिलेसम्म संकेत देखिएको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु