काठमाडौं । समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

जानकारी अनुसार ठेक्का सम्झौता गर्दा २.५ प्रतिशतसतसम्म घुस दिने गरिएको छ । मोबिलाइजेसन पेस्की दिँदा २ देखि २.५ प्रतिशत अनी निर्माण सुरु नहुँदै ५ प्रतिशत घुस लिने गरेको खुल्न आएको छ । अर्को तिर अलपत्र परेका ठेक्कामा फसेको लगानी १ खर्ब १९ अर्ब रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आयोजनाबाट उठेको अग्रिम २ अर्ब ३६ करोड छ भने काम सुरु नहुँदै ५ अर्ब ३१ करोड लिएको खुलेको छ । अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन् । तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित खबरहरु